काठमाडौं, १८ जेठ २०८२
स्वास्थ्य बीमा बोर्डमा मेडिकल अधिकृतका लागि रोजगारीको अवसर खुलेको छ। बोर्डले सूचना जारी गर्दै १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर दिएको छ।
सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत लाई ९० दिन कार्य अवधीका लागि रोजगार दिन थालेको हो। बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ ।
बोर्डले योग्यता पुगेका चिकित्सकलाई ७ दिन भित्र आवेदन दिन आव्हान गरेको छ।