Magnus pharma
आज: २०८२ चैत्र १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य बीमाबाट ५ लाखसम्‍मको उपचार पुर्याउने प्रस्ताव

Nam Raj Bhatta by Nam Raj Bhatta
August 11, 2024
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य बीमाबाट ५ लाखसम्‍मको उपचार पुर्याउने प्रस्ताव
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २७ साउन २०८१

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि पत्रकार सम्मेलन गर्दै स्वास्थ्य क्षेत्र सुधारमा आफ्नो योजना प्रस्तुत गरेका छन् । उनले बीमाको दायरा बढाएर ५ लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको र स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताएका हुन् । हाल स्वास्थ्य बीमा मार्फत बीमितले १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँदै आएका छन् ।

स्वास्थ्य बीमामा आवद्धता बढाउन औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारी रहेको मन्त्री पौडेलले बताए।

मन्त्री पौडेलले बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि ४० अर्ब रुपैयाँ लाग्ने र स्रोत सुनिश्चितताका केही योजना प्रस्तुत गरिने बताउनुभयो ।

मन्त्री पौडेलका अनुसार स्वास्थ्य करकोष थप गर्ने, चिनीजन्य पदार्थमा प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य कर लगाउने, विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गर्दै लगिनेछ ।

अस्पतालमा आकस्मिक बाहेक निःशुल्क उपचारका सबै कार्यक्रमलाई बीमामा आबद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमा मार्फत दिने योजना उनले बताए ।

काठमाडौमा स्नायु रोग उपचार केन्द्र स्थापना गरिने उनले बताए । शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रलाई ५०० शय्याको विस्तार गर्ने, कान्ति बाल अस्पतालको पूर्वाधार थप गर्दै तत्कालै आईसीयू सेवा पूर्ण रुपमा सञ्चालन गरिने बताउनुभयो ।

त्यस्तैगरी जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था मिलाउने मन्त्री पौडेलले बताए । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई ग्रामीण भेगमा पठाउने योजना पनि मन्त्री पौडेलले सुनाए।

जनशक्तिको नियमित पुनरावलोकन गर्ने र दरबन्दीको पदपूर्तिको व्यवस्था गर्ने, नेपाल बाहिर विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य प्रणालीसँग आवद्ध गर्न आवश्यक प्रबन्ध गर्ने उनले स्पष्ट पारे ।

त्यसैगरी आधारभूत स्वास्थ्य संस्था निर्माण र सञ्चालन गर्नका लागि स्रोत सुनिश्चिता नभई अधुरा रहेका स्वास्थ्य संस्थालाई क्रमिक रुपमा स्रोत व्यवस्थापन गरी अगाडि बढाउने उनले बताए । १५ मंसिर २०७७ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ ३०९ अस्पतालको शिलान्यास गरेका थिए । तर यो अस्पताल सञ्चालन गर्न चाहिने जनशक्तिको व्यवस्थापनका लागि भने काम गरिएको छैन ।

संघीय अस्पतालको सेवा विस्तार एंव अस्पतालमा शल्यक्रिया क्षमता विस्तार गरी लामो लाइन पर्खनुपर्ने बाध्यतालाई हटाउन काम गरिने उनले बताए ।

‘ओपीडी सेवालाई प्रभावकारी बनाउन केन्द्रीय अस्पतालले दुई सिफ्टमा सेवा दिन थालेका छन्’, मन्त्री पौडेलले भने, ‘अब शल्यक्रिया पालो पर्खिनुपर्ने अवस्थालाई अन्त्य गर्न स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता थप गर्दै दुई सिफ्टमा काम गर्ने योजना बनाएका छौं ।’

बिगत धेरै वर्ष देखि समायोजनका कारण समस्यामा परेका स्वास्थ्यकर्मीको पदस्थापन गरिने, चिकित्सकको कार्यक्षमतामाअनुसार अस्पतालमा व्यवस्थापन गर्ने र स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले १०० शय्याभन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ, ३०० शय्याभन्दा बढी सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम अध्ययन गराउने सम्बन्ध चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयसँग समन्वय गर्ने उनले जानकारी दिए ।

मन्त्री पौडेलका अनुसार स्थानीय तहमा एमडीजीपी र एमबीबीएस चिकित्सकबाट सेवा प्रदान गर्न स्थानीय तह र आयोगसँग समन्वय गर्ने, अधुरा रहेका स्वास्थ्य संस्था निर्माण पूरा गर्ने, निर्माण सम्पन्न भइसकेका स्वास्थ्य संस्थामा प्रदेश र स्थानीय तहसँगको समन्वय आवश्यक जनशक्ति र उपकरण प्रबन्ध गरिनेछ ।

त्यस्तैगरी, औषधी ऐनको प्रतिस्थापन विधेयक तर्जुमा गर्ने, अस्पताल विकास समितिको काम कारवाहीमा एकरुपमा ल्याउन कानुनी प्रबन्ध गर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने पनि उनले घोषणा गरेका छन् ।

स्वास्थ्यजन्य सामग्री खरिदका लागि मापदण्ड बनाउने, जेल विथआउट बेललाई कार्यन्वयन गर्ने, गुणस्तर प्राधिकरण ऐन तर्जुमा गर्ने, संक्रामक रोग ऐन, २०२० लाई संशोधन गर्ने घोषणा पनि मन्त्री गरेका छन् ।

मुटु शल्यचिकित्सकको अभाव हटाउन गंगालालमा मुटुसम्बन्धी विशेषज्ञ चिकित्सकको अध्यापन गराउने, सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ परिमार्जन गर्ने, स्वास्थ्य प्रवर्द्धन तथा संचार रणनीति तयार गर्ने मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्रालयले ल्याएको नयाँ नीति तथा कार्यक्रमलाई केही स्रोत सुनिश्चित नभएकाले सरकारसँग समवन्य, दातृसंस्थाको सहयोगमा कार्यावन्यन गर्ने दाबी गरे ।

मन्त्री पौडेलले यी सबै नीति तथा योजनाहरुलाई प्रधानमन्त्री समक्ष छलफल गरेर अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।

Tags: #government of Nepal#Health and population ministryhealth insurence
SummarizeShare234ScanTweet146

Related articles

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

by Nam Raj Bhatta
March 30, 2026
0

काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। महानगरले निःशुल्क...

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

रुपन्देहीमा ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ हुने भएको छ । नेपाल भेटेरिनरी एशोसियसनको आयोजनामा नेपालमा पशु...

योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै

by Nam Raj Bhatta
March 29, 2026
0

नेपाल चिकित्सक संघको यसअघि रोकिएको निर्वाचनको नयाँ मिति आएको छ । चिकित्सक संघको कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.