बैतडी, ८ वैशाख २०८०
डडेल्धुरा अस्पतालको प्राविधिक सहयोगमा र सिगास गाउँपालिकाकाको आयोजनामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ।
गाउँपालिकाका ९ वटै वडाहरुमा संचालन गरिएको दन्त उपचार सेवा घुम्ति शिविरबाट १ हजार भन्दा बढीले सेवा लिएका छन ।
एक साता सम्म चलेको शिविरमा दन्त रोगको उपचार ४६४ जना, जनरल ओपिडि ४१५ जना, अपांगता पहिचान तथा स्तर निर्धारण ४० जना, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ १२९ जना र पाठेघर खसेका महिलाको लागि रिङ पेसरी १० जनाको भएको डडेल्धुरा अस्पतालका दन्त चिकित्सक डा. बिष्णु घिमिरेले जानकारी दिनुभयो।
सिगास गाउँपालिकाकाका ९ वटै वडाहरू मा बस्ने स्थानीय बासिन्दाहरुले पहिलो पटक दन्त शिविर गाउँमै सेवा लिने मैका पाएकोमा खुशी व्यक्त गर्नु भएको छ।