आज मिति : २०८२ मंसिर १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

Nam Raj Bhatta by Nam Raj Bhatta
June 4, 2025
in News
A A
0
हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ जेठ २०८२

नेपाली कम्पनी मेड आईक्यू पा.लि.ले अस्पतालको प्रणालीलाई सहज बनाउने नयाँ सफ्टवेयर ‘हस्पिटल अपरेटिङ सिस्टम’ ल्याइएको छ । नेपाली कम्पनी मेड आईक्यू पा.लि.ले हेल्थ कन्सर्नसँगको सहकार्यमा यो सफ्टवेयर प्रयोगमा ल्याएको हो ।

सरकारले सबै व्यक्तिको स्वास्थ्य विवरण एकीकृत हुने गरी स्वास्थ्य सेलालाई डिजिटलाइजेसन गर्ने योजना अगाडि सारिरहेको छ । सरकारको यो योजनालाई सहज हुने गरी यो सफ्टवेयर ल्याइएको कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत सृष्टि पन्तले बताइन् ।

सरकारले जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयर ल्याइएको उनले जानकारी दिइन् ।

अस्पतालहरूमा अहिले प्रयोग भइरहेको भन्दा यो सफ्टवेयरको प्रणाली विस्तृत रहेको, धेरै फिचर समावेश गरिएको र प्रयोग गर्न सहज रहेको पन्तको दावी छ ।

नेपालको संविधान, स्वास्थ्य नीति तथा स्वास्थ्यका योजनाहरूलाई समेत ध्यान दिएर नेपालको परिस्थितिबारे अध्ययन गरी यहाँको स्वास्थ्य क्षेत्रलाई उपयुक्त सफ्टवेयर बनाइएको पन्तले जानकारी दिइन् ।

पन्तका अनुसार अस्पतालका सबै विभागलाई मिल्ने गरी छुट्टाछुटै प्रणाली सफ्टवेयरमा समावेश गरिएको छ । अस्पतालको इमर्जेन्सीदेखि, फार्मेसी, प्रयोगशाला, लेखा र प्रशासनसम्मका लागि छुट्टाछुटै ड्यासबोर्डहरू तयार गरिएको छ । सफ्टवेयरको पूरै प्याकेज नलिई आफूलाई मन परेका फिचर मात्रै लिन मिल्ने गरी माइक्रो सर्भिसहरू समेत रहेको पाण्डेले बताइन् ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा बिरामीको समय बचतलाई विशेष ध्यान दिइएको उनले जानकारी दिइन् । यसमा दर्ता भएका बिरामीले आफ्नो युजर र पासवर्ड पाउनेछन् ।

व्यक्तिको समान्य विवरण राखिएको क्यूआर कोडसहितको कार्ड पनि प्रदान गरिने छ । यसले अस्पतालमा प्रयोग हुने विद्युतीय प्रणालीलाई सहज र प्रभावकारी बनाउन दावी कम्पनीको छ ।

फेसबुक चलाउने सक्ने व्यक्तिले सहजै चलाउन सक्ने गरी सफ्टवेयर बनाइएको हेल्थ कन्सर्नका नेपालका संस्थापक डा. सुवास प्याकुरेलले बताउनु भयो।

सरकारले ल्याएको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली संञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ का सबै मापदण्ड पूरा हुने गरी तयार गरिएको डा. प्याकुरेलले जानकारी दिए ।

अहिले तीन तहका सरकार, स्वास्थ्य संस्था तथा नियामक बीच समन्वय नहुँदा व्यक्तिको स्वास्थ्य विवरण एकीकृत हुन नसकेको उनले बताए । ‘हस्पिटल अपरेटिङ सिस्टम’ले फरक–फरक सरकारी निकायमा रहेका व्यक्तिको विवरणलाई तानेर एकीकृत गर्ने दावी उनको छ ।

आवश्यकताअनुसार यसलाई समय सापेक्ष परिमार्जन गर्दै लैजाने प्याकुरेलले जानकारी दिए । सबै नागरिकको स्वास्थ्य विवरणलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा यो सफ्टवेयर ठूलो सहयोगी हुने डा. प्याकुरेलले बताए।

Tags: Dijital health confrenceDr. Subash Pyakurel
Nisarga hospital Dhangadhi
Previous Post

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

Next Post

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

Related articles

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र

9 hours ago
776
नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

2 days ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

3 days ago
779
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

3 days ago
816
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

5 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

1 week ago
868
Next Post
नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,314)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.