काठमाडौं,२७ असोज २०७७
उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना संक्रमितको उपचार तथा व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
अब सबै उपत्यकामा रहेका सरकारी अस्पतालले डेडिकेड रूपमा कोरोना संक्रमितको उपचार गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।
उनका अनुसार कोरोना संक्रमितको उपचारको लागि चाहिने आइसियू बेड, भेन्टिलेटर, अक्सिजन जस्ता साम्रगी स्वास्थ्य सेवा विभागबाट व्यवस्थापन हुनेछ।
यस्तै, सरकारले दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तथा कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई कोभिड—१९ को लक्षणसहितको संक्रमितको उपचार गर्नेगरी कोभिड अस्पताल बनाउने समेत निर्णय उनले बताए।
बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...






