
खोटाङ, ०१ पुष २०८२
खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर २ मा बस्ने एक परिवारका तीनै जना छोराछोरी स्वास्थ्य तर्फको सरकारी सेवामा प्रवेश गरेका छन्।
जेठी छोरी अनिता कार्की र छोरा संजीव कार्की अहेब पदबाट सिफारिस भएका छन् भने कान्छी छोरी सबिना कार्की अनमी पदबाट सिफारिस भएकी छिन् ।
गरिब परिवारमा हुर्केर स्वास्थ्य सरकारी सेवामा यसरी एकै घरका तीन जना छोराछोरी नेपालमा कमै मात्रामा भेटिन सकिन्छ।












