ललितपुर, १० असार २०८२
गोदावरी नगरपालिकाले वडा नं – ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र टिकाभैरवमा ८६ जनाको प्रोस्टेट सम्बन्धि निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
पालिकाले उक्त सेवाग्राहीहरु मध्ये २१ जनाको BEP (BPH) को पनि उपचार गरेको छ।
कार्यक्रम गोदावरी नगरपालिका वडा ६ का अध्यक्ष श्री बिष्णुमान महर्जन ज्युको अध्यक्षतामा शिविर शुरु भएको थियो।
निशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ युरोलोजिस्ट डा. कुशल कार्की , रेडियोलोजिस्ट डा. आरती थापा, डा.सृजन तिमिल्सिना, डा. आदर्श गुरुङ र स्वास्थ्य संस्था प्रमुख संजीव मल्लिकले उपचारमा सहज गराएका थिए।