काठमाडौं, १० जेठ २०७८
नेपालमा कोभिड -१९ को बढ्दो प्रभाव र देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण दन्त स्वास्थ्य सेवा अत्यन्त प्रभावित बन्न पुगेको छ । अत्यावश्यक तथा आकस्मिक उपचार आवश्यक रहेका बिरामीहरुलाई उचित परामर्श सेवा प्रदान गर्ने उद्देश्यले नेपाल डेन्टल एसोसिएसनले निशुल्क टोल फ्रि परामर्श सेवा सञ्चालनमा ल्याएको छ।
महामारीको समयमा अत्यावश्यक बाहेक अन्य स्वास्थ्य उपचारका लागि विभिन्न हाउभाउ कर्णाली शंकर म हुने र फैलने सक्ने जोखिम उच्च हुने सम्भावनालाई दृष्टिगत गरी आम सर्वसाधारणलाई विषेश सावधानी अपनाउनु समेत अनुरोध गरेको नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. सुभित मास्केले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
नेपाल डेन्टल एसोसिएसनको टोल फ्रि नम्बर 16600102223 मा सम्पर्क गरी दन्त चिकित्सक संघ निशुल्क परामर्श बुझ्नु हुनु र चिकित्सकको सल्लाहबमोजिम औषधि उपचार गर्नु पनि डा. मास्केले जानकारी दिनुभयो।
Comments 1