मोरङ, २७ पुष २०८१
शनिबार नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरको आयोजना र बुढीगंगा गाउँपालिका KHDC नेपालको सहयोगमा बुढीगंगा वार्ड नं ४ मा अवस्थित श्री सरस्वती आधारभूत स्कूलमा भएको एक दिने निःशुल्क स्वाथ्य शिविर बाट ३ सय जना लाभान्वित भएका छन्।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको प्रमुख आतिथ्यमा भएको उक्त शिविरमा बिपि कोइराला बिज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीव कुमार शर्माले निशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्ट लगायतका स्वास्थ्य उपचारमा सहयोग पुर्याएको नोना कोइराला स्मृति प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले बताउनु भयो।
श्रीवास्तवका अनुसार उक्त शिविरमा निःशुल्क औषधि वितरण गरियो। कार्यक्रममा नोना कोइराला स्मृति प्रतिष्ठानकोअध्यक्ष श्री पूनम कोइराला, वडा न. ४ का अध्यक्ष शसिकान्त चौधरीको उपस्थित रहेको थियो।
डा. शेखर कोइरालाले आफ्नो आमाको नाममा बुढीगंगा गाउँपालिकाका प्रत्येक वडाहरुमा निशुल्क स्वास्थ शिविर आयोजना गरिराख्ने भएको अध्यक्ष थापा मगरले बताउनु भयो।
अध्यक्ष जित नारायणका अनुसार प्रत्येक महिना यस गाउँपालिकाका ७ सय भन्दा बढी मानिसले स्वास्थ्य उपचार पाइराखेका छन् । आजै भएको स्वास्थ्य शिविरमा पनि २ जना मुटुका जटिल बिरामी पत्ता लागेर उहाँलाई काठमाडौं पठाउने तयारी भइरहेको छ।
यो पालिकामा विशेष गरि दलित बस्ती बसोबास गर्ने भएकोले गरिबहरुलाई मध्यनजर गर्दै यो स्वास्थ्य शिविर आयोजना गर्ने गरेको अध्यक्ष जित नारायण थापा मगरले बताए।