ललितपुर, ०३ माघ २०७९
ललितपुरको इखालखु स्थित स्वर्गद्वारी आयुर्वेद क्लिनिक नजिकै निशुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित भएका छन्।
शनिबार ललितपुर महानगरपालिका वडा नं १९ र स्वर्गद्वारी आयुर्वेद क्लिनिकको सँयुक्त आयोजनामा अहिलेसम्मकै बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता ललितपुर महानगरपालिका वडा नं १९ का अध्यक्ष राजेन्द्र महर्जनले गरेका थिए।
शिविरमा प्रेसर र सुगरको जाँच, हाडजोर्नी सम्बन्धि बाथ, युरिक एसिड तथा च्यापिएको पारालाइसिस, पेट सम्बन्धी ग्याष्ट्रिक, कब्जियत, अपच, मलद्वार सम्बन्धि पाइल्स, फेस्टुला र फिसरको निःशुल्क जाँच भएको स्वर्गद्वारी आयुर्वेद क्लिनिकका निर्देशक रामचन्द्र बुढाथोकीले जानकारी दिनुभयो।
निर्देशक बुढाथोकीका अनुसार शिविरमा २५० जनाले निशुल्क स्वास्थ्य शिविर लिएको र सबैलाई निशुल्क औषधी पनि बितरण गरेको बताए।
आयुर्वेदिक डाक्टरहरु वंश दिप खरेल, अजय कुमार चौधरी, निरन्जन शाह र पुजा गुप्ताले निशुल्क स्वास्थ्य उपचार गरेका थिए।
शिविर कार्यक्रममा अध्यक्ष राजेन्द्र महर्जनले सर्वप्रथम त ललितपुर महानगरपालिका वडा नं १९ र स्वर्गद्वारी आयुर्वेद क्लिनिकको सँयुक्त आयोजनामा निशुल्क शिविर गर्न पाउँदा म लगायत मेरा वडाका बासिन्दाहरुलाई सहज भएको बताए। उनले भने, जुन किसिमले औषधिहरु व्यवसायिक रुपमा गइरहेको छ त्यसमा हाम्रो पुर्खा देखि चलिआइरहेको आयुर्वेदिक औषधिले बिना साइड इफेक्ट बाट उपचार गर्न सम्भव छ भन्ने वडाबासी लगायत सिंगो आमजनताको धारणा रहेको छ। यस्तो किसिमको निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर अगामी दिनमा पनि निरन्तर चलिरहने पनि महर्जनले बताए।
महर्जनले थप्दै भने विश्वमा जुन विभिन्न किसिमका रोगहरू छन् त्यसमा मेडिकल माफियाहरुले गरिरहेको जुन हाम्रो अनुमान छ त्यसमा आयुर्वेदिक औषधिले निर्मुल गर्ने र यसप्रति हामी सबैको लागि अति उपयोगी उपचार आयुर्वेदलाई नै मानिन्छ। आयुर्वेदिक चिकित्सा क्षेत्रलाई पनि अरु रोगहरू सरह यस वडामा प्राथमिकतामा राखेका छौं। यो मेडिकल साइन्स अन्तर्गत पर्ने भएकाले यसलाई दीर्घकालिन उपलब्धि र औषधिले पूर्ण रुपमा सकरात्मक नतिजा दिने भएकाले यसलाई प्राथमिकतामा राखिएको अध्यक्ष महर्जनले बताए।