काठमाडौं, ०५ जेठ २०८२
स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र गजुरी पालिका, धादिङको संयुक्त आयोजनामा यही जेष्ठ ९ र १० गते २ दिने बृहत निशुक्क स्वास्थ्य शिविर हुने भएको छ।
विशेषज्ञ स्तरीय नि-शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गजुरी गाउपालिका स्थित डोल भन्ज्यांग र चांगली, धादिंग जिल्लामा हुने भएको हो।
उक्त शिविरमा अस्पतालका प्रबन्ध निर्देशक तथा सिनियर डा. मुजा श्रेष्ठ (जनरल सर्जरी) को नेतृत्त्वमा डा. इबराज सिम्खडा (फिजिसियन/रेडियोलोजी ), डा. मनोर दिन सैयद (स्त्री/प्रसुती ), डा. दिबित अधिकारी (नाक, कान र घाटी), डा. बिपिन खतिवडा (बाल रोग ), डा. सुनिल रेग्मी (मानसिक तथा नसा) डा. राजेन्द्र ढुंगाना (मेडिसिन ), पदम खड्का (फार्मेसी), सुनिला श्रेष्ठ (नर्सिङ) र सुजिता गिरि (नर्सिङ) लगायतको टोलिले सेवा प्रदान गर्ने अस्पतालका निर्देशक रंजित गिरीले बताउनु भयो।
शिविरबाट लाभान्वित हुन समाजसेवी चिकित्सक डा. सैयदले पालिकावासीहरुलाई आव्हान गर्नुका साथै सेवाग्राहीहरुलाई थप उपचार र अनुसन्धानको लागि मनमोहन अस्पताल आउन परेको अवस्थामा बिशेष छुटको व्यवस्था गरिएको अस्पातल ब्यबस्थापक सन्जिब कंडेलले जानकारी दिनुभयो।