मकवानपुर, २७ फागुन २०८१
११५औ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा आधारभूत स्वास्थ्य सेवा सहज पहुँचको लागि मकवानपुर जिल्ला थाहा नगरपालिका ४,थानाबजारमा सम्पन्न बृहत नि-शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रमद्वारा ४०० जना लाभान्वित भएका छन् ।
मनमोहन शिक्षण अस्पताल स्वयम्भु र पालुङ बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्तको आयोजनामा भएको उक्त शिविरमा अस्पतालका प्रबन्ध निर्देशक सिनियर सर्जन डा.मुजा श्रेष्ठको नेतृत्त्वमा डा. मनोर दिन सैयद(स्त्री तथा प्रसुती), डा.निराजन सुबेदी (हाडजोर्नी तथा नशा ), डा. इबराज सिम्खडा (फिजिसियन/रेडियोलोजी ), डा. दिबित अधिकारी (नाक,कान,घाटी), डा.राजेन्द्र ढुंगाना (जनरल मेडिसिन ), पदम खड्का (फार्मेसी), सन्जिब गिरी(फार्मेसी), सुनिला श्रेष्ठ (नर्सिंग), पुजा कंडेल (नर्सिंग) सहितको टोलिले सेवा प्रदान गरेको अस्पतालका प्रशासकिय अधिकृत संजिव कंडेलले जानकारी दिनुभयो।
स्त्री रोगलाई बिशेष प्रार्थमिकता राखिएको उक्त शिविरमा १३० जनाको पाठेघर मुखको क्यान्सर सम्बन्धि सुरुवाती परीक्षण VIA टेस्ट, भिडियो X-Ray गरिएको सिनियर स्त्री रोग विशेषज्ञ डा. सैयदले बताउनु भयो। साथै सो मध्ये केहीलाइ थप उपचार बिशेष सहुलियतका साथ मनमोहन अस्पतालमा गरिनेछ। ६५ बर्षिया १ बृद्धाले शिविरमा पाठेघर जाच र औषधि समेत नि-शुल्क प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै आयोजक प्रति धन्यबाद ज्ञापन गर्नुभयो।
थाहा नगरपालिका उप प्रमुख भरत गोपालीले यस्ता प्रकारका शिविरले आधारभूत स्वास्थ्यमा ग्रामिण जनताको सजह पहुँच र रोग पहिचानमा उपयोगी हुने बताउनु भयो।
पालुङ बहु-उद्देश्यीयका अध्यक्ष कृष्ण बहादुर बिष्टले सामाजिक उत्तरदायित्त्व अन्तर्गत लामो समय देखि निरन्तर शिविर आयोजना गरिएको र संस्थाका सदस्यहरुलाई र शिविरमा सेवा लिने महानुभावहरुलाई थप उपचार र अनुसन्धानको लागि मनमोहन अस्पतालमा उपचार गराउदा बिशेष छुटको ब्यबस्था समेत रहेको जानकारी दिनुभयो।