महेन्द्रनगर , २९ फाल्गुन २०७७
सुदुरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा Early Warning and Reporting System ( EWARS ) को वार्षिक समिक्षा कार्यक्रम फाल्गुन २९ गते देखि शुरु भएको छ ।
समुदायमा महामारी गराउन सक्ने केहि किटजन्य रोगहरु जस्तै औलो , कालाजार तथा डेंगु र अन्य महामारिजन्य रोग Acute Gastro Enteritis , Severe Acute Respiratory Infection , Scrub Typhus र Cholera जस्ता छिटै महामारी गराउन सक्ने रोगहरुको सूचना तत्काल केन्द्र स्तर सम्म पुग्ने ब्यबस्था मिलाउनको लागि सन् १९९७ बाट नेपालमा Early Warning and Reporting System ( EWARS ) बाट प्रतिबेदन पठाउने गरि प्रणालीको बिकास भएको थियो । सरकारी र निजि गरि हाल सम्म उपरोक्त प्रणालीबाट देश भरिका ११८ वटा अस्पतालले रिपोर्टिंग गर्ने गरिरहेका छन् । उक्त ११८ मध्ये सुदुरपश्चिमप्रदेश का ११ वटा अस्पतालले मात्र रिपोर्टिंग गर्दै आएका छन् ।
सेती , महाकाली , टिकापुर , डडेल्धुरा , बैतडी , दार्चुला , बझांग , डोटी , अछाम , बाजुरा तथा बयालपाटा बाट Early Warning and Reporting System ( EWARS ) बाट रिपोर्टिंग हुदै आएकोमा चालु आर्थिक वर्षमा प्रदेश सरकारको श्रोतबाट प्रदेश अन्तर्गत स्थानीय तहका मालाखेती , जोगबुढा र गोकुलेश्वर तथा निजि क्षेत्रका निसर्ग , मायामेट्रो र नवजीवन अस्पताल लाई उक्त Early Warning and Reporting System ( EWARS ) मा समाबेश गरेको कुरा समिक्षा कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।
निकट भबिष्यमा सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना हुने क्रममा रहेको हुनाले यो प्रणाली सबै स्थानीय तह सम्म पुगाउने गरि कार्यक्रम बनाउने कुरामा समेत जोड दिनु भएको छ । साथै वहाँले यस प्रकारको रिपोर्टिंग प्रणालीले कुनै पनि किसिमको महामारीको सुचना तत्काल अर्थात २४ घण्टा भित्र स्वास्थ्य सेवा बिभाग लगायत सम्बन्धित निकायमा पुग्ने भएको हुनाले समयमै महामारीको सुचना प्राप्त भै महामारी नियन्त्रण मा सहज हुने र क्षति हुन् बाट बचाउन सकिने भएकोले सम्बन्धित सबै अस्पताल हरुले समयमा रिपोर्टिंग गर्नु पर्ने रोगहरुको रिपोर्ट तत्काल पठाउन हुन् र प्रतिबेदन विश्लेषण गरि आवश्यक कार्यक्रम तय गर्न समेत जोड दिनु भएको छ ।
फाल्गुन २९ गते देखि चैत्र ०१ गते दुइ दिन सम्म चल्ने उक्त समिक्षा कार्यक्रममा प्रदेश १७ वटा अस्पतालका कार्यक्रम फोकल पर्सनहरु र हरेक जिल्लाबाट गाउपालिका र नगरपालिकाको प्रतिनिधित्व हुने गरि स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
Comments 1