आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

नेपालमा बर्षेनी करिब २० हजार मानिस सर्पदंशबाट प्रभावित हुने गरेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 23, 2021
in News
A A
0
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी, १० माघ  २०७७

प्रदेश सरकार , सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा धनगढीमा स्वास्थ्यकर्मीहरुको लागि सर्पदंशको उपचार पद्धति सम्बन्धि तालिमको आयोजना गरिएको छ ।

सेती प्रादेशिक अस्पताल , महाकाली अस्पताल , टिकापुर अस्पताल , मालाखेती अस्पताल , जोगबुढा अस्पताल र कैलाली र कंचनपुर जिल्लामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र हरुबाट चिकित्सक र पारामेडिक्स गरि २४ जना भन्दा बढीको सहभागिता गराई सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीले माघ १० गते देखि तिन दिन सम्म सर्पदंश उपचार पद्धति सम्बन्धि तालिम आयोजना गरि तालिममा सहभागी हुन् आएका चिकित्सक र अन्य पारामेडिक्सको क्षमता अभिबृद्धि हुने गरि कार्यक्रम संचालन भएको छ ।

नेपालमा तराईका २६ जिल्लामा सर्पको टोकाईको घटना बढी हुने , सर्पको टोकाईको कारणले मानिसहरुको अकालमा ज्यान जाने र सर्पको टोकाईको उचित ब्यबस्थापन हुन नसक्दा पनि मानिसहरुको ज्यान जान सक्ने विद्यमान अवस्था रहेको छ । त्यसै गरि सुदूरपश्चिम प्रदेशमा पनि सर्पको टोकाईको कारणले मानिसहरुको ज्यान गईरहेको हुनाले सर्पको टोकाईको घटना हुनबाट बचाउन , सर्पको टोकाई भै सके पछी पनि उचित ब्यबस्थापनको लागि चिकित्सक र पारामेडिक्सको ज्ञान , सिप , क्षमता बढाउनको लागि यस प्रकारको तालिम आयोजना गरिएको कुरा कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि तथा सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीका सचिव श्री रघुराम बिष्टले बताउनु भएको छ ।

सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीका सचिव श्री रघुराम बिष्ट ज्यूको सम्बोधन
सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीका सचिव श्री रघुराम बिष्ट ज्यूको सम्बोधन

नेपालमा बर्षेनी करिब २० हजार मानिस सर्पदंशबाट प्रभावित हुने र करिब १ हजारको हाराहारीमा मृत्यु समेत हुने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठन बाट प्रस्तुत हुने गरिएको छ । कतिपय बिरामीहरु अस्पताल नै नपुगी झारफुक तिर लाग्ने , कतिपय अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु हुने र केहि बिरामीहरु अस्पताल पुगिसके पछी पनि मृत्यु हुने बर्तमान अवस्था रहेको हुनाले यस प्रकारको अकालमा हुने मृत्यु बाट जोगाउन र सर्पदंशको बिरामिको उचित ब्यबस्थापनको लागि बिभिन्न अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट सहभागी बोलाइ तालिम आयोजना गर्नु परेको र नेपाल सरकारले लिएको लक्ष्य अनुसार सन् २०१९ को तुलना मा सन् २०३० सम्ममा सर्पदंशबाट मृत्यु हुनेको संख्या आधाले घटाउने भएको हुनाले सो लक्ष्य परिपूर्तिको लागि समेत स्वास्थ्यकर्मीहरुलाई तालिम दिन लागिएको कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन

साथै उँहाले सर्पदंश Neglected Tropical Disease को Category रहेको भए पनि सुदूरपश्चिम प्रदेशले यसलाई प्राथमिकता राखी स्वास्थ्यकर्मीहरुलाई तालिम दिन संघीय सरकारले रकम बिनोयोजन गरेको बाहेक पनि प्रदेश सरकारले रु १० लाख बजेट बिनियोजन गरेको कुरा उल्लेख गर्नु भएको छ ।

तालिम कार्यक्रममा Nepal Toxinology Association का अध्यक्ष तथा नेपालमा सर्पदंशको टोकाईको उपचारका बिज्ञ डा. छबिलाल थापामगर , Nepal Toxinology Association कै कार्यकारी निर्देशक श्री कमल देवकोटा लगायतकाले प्रशिक्षण गरिरहनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.gun Raj awsthiNeglected Tropical Disease Category
Nisarga hospital Dhangadhi
Previous Post

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

Next Post

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

Related articles

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

3 hours ago
785
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

4 hours ago
786
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 day ago
842
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

1 day ago
783
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
797
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

3 days ago
783
Next Post
Covishield-vaccine

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,012)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...