आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

सुदूरपश्चिममा पहिलो निजी अस्पताल खोल्ने डा. निरज अर्याल चिकित्सक संघमा भिड्दै #NmaElection2079

Nam Raj Bhatta by Nam Raj Bhatta
December 27, 2022
in News
A A
0
सुदूरपश्चिममा पहिलो निजी अस्पताल खोल्ने डा. निरज अर्याल चिकित्सक संघमा भिड्दै #NmaElection2079
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी, १२ पुस २०७९

सुदुरपश्चिम प्रदेशको कैलाली धनगढीमा निजि क्षेत्रको पहिलो अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा आयामिक सुधार ल्याउने चिकित्सक हुन डा. निरज अर्याल ।

पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा डा. अर्याल सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा उठेका छन्। नेपालभरबाट चिकित्सकहरुले डा. अर्याललाई निर्वाचित गराउन आतुर रहेका छन्। सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा चिनिने पुरानो अनुहार मध्ये डा. निरज अर्याल पनि एक हुन्। उनले विशेषज्ञता हासिल गरेपछि सरकारीमा स्वास्थ्य सेवा गरिरहेका छन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा रेडियोलोजिष्टको रुपमा काम गर्न थालेको चार बर्ष पुग्न थालेको छ ।

१० बर्षे काठमाडौंको बसाईं र पढाईपछि उहाँ २०७६ सालको साउनमा धनगढी फर्केका हुन् । सरकारी अस्पतालमा काम गर्न धनगढी पुगेका उनको धनगढीसँगको साईनो भने पुरानो नै छ । डा. अर्यालको नेतृत्वमा २० बर्ष अघि खोलिएको नवजीवन अस्पताल आज पनि धनगढीमा उत्कृष्ट स्वास्थ्य सेवा दिईरहेको छ ।

डा. अर्याल चिकित्सक हकहितमा निरन्तर लागिरहेने मध्ये एक हुन । उनले न्युन जनशक्तीबाट सुरु गरेको नवजीवन अस्पताल डेढ दशक पार गर्दा मुहार फेरिसकेको छ । सानो अस्पताल ठुलो भएको छ । क्षमता विस्तार भएको छ । अत्याधुनिक सेवा थपिएको छ । स्वास्थ्य सेवाहरु विस्तृत भएका छन् । सयौं जनशक्ती रहेका छन्। सुविधा सम्पन्न पुर्वाधार बनेका छन् । दर्जनौ विशेषज्ञ सेवाहरु थपिएका छन् । हाल सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला र भारतबाट आएका विरामीहरुले उपचारमा विश्वास लिएका छन् । त्यतिबेला अस्पतालको सुरुवात गर्दा अहिलेको जस्तो अवस्था थिएन् । सुरुवातका दिनमा सुदुरपश्चिममा सरकारी स्तरबाट स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेका वेला निजि क्षेत्रलाई झन हम्मेहम्मेको अवस्था थियो ।

Dr. Aryal 1

डा. अर्यालले एमबीबीएसको पढाई सकेपछि शिक्षकको रुपमा पढाउनका लागि धनगढी आएका थिए । त्यो बेला स्वास्थ्य उपचार गर्नका लागि सेती अञ्चल अस्पतालमा थोरै सेवाहरु उपलब्ध थिए । न्युन संख्यामा मात्रै डाक्टरहरु थिए । निजि क्षेत्रबाट सामान्य रुपमा मेडिकल चलेका थिए । धनगढीमा एचए, फार्मेसी, स्टाफ नर्स लगायतको पढाईको थालनी हुन थालेको थियो । सेतीका समिति डाक्टरहरु त्यहाँ विद्यार्थीहरुलाई पुर्ण कालीन रुपमा पढाउन सक्ने स्थिति थिएन् । एचए, फार्मेसीको पठनपाठन सुरु गरेको भागेश्वर एकेडेमी फर हेल्थ साईन्सले पुर्ण कालीन पठाउने शिक्षकको खोजी गरिरहेको थियो ।

केही बर्ष पढाएपछि डा. अर्यालले सोचे पढाएर मात्रै हुँदैंन, अभ्यास पनि गर्नुपर्छ । पढेको विषयमा अभ्यास पनि भएमा अनुभवी भईन्छ भन्ने मनन गरे । पढेरभन्दा परेर बढी सिकिन्छ भनेझैं उनले २०६१ सालमा धनगढीमा अस्पताल खोल्ने योजना बनाए । आफ्नै सहोदर दाई चुडामणी र भागेश्वरका प्रिन्सिपल हरिलाल पनि यो योजनामा सहमत भए ।

अस्पताल खोल्नका लागि चाहिने पुर्वाधार र उपकरणका लागि जसोतसो गरेर १५ लाखको लगानीमा सन्तोषी टोलमा १५ शैय्या क्षमताको नवजीवन अस्पतालको स्थापना गरेका थिए । यो अस्पताल सुदुरपश्चिममा निजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल हो । योभन्दा अघि पोलिक्लिनिकहरु थिए तर मापदण्ड अनुसार दर्ता भएको मात्रै नभई सञ्चालन भएको पनि पहिलो अस्पताल नवजीवन मात्र थियो ।

तीन जनाले खोलेको अस्पतालका सुरुवातका दिनमा तीन जना डाक्टरहरुले नै सेवा दिएका थिए । धनगढीको सरकारी अस्पताल र मेडिकल राती हुँदा बन्द हुने गर्दथे । उनीहरुले चौविसै घण्टा सेवा दिने परिपाटी बसाए । त्यो वेला सेतीमा ओपिडीको दुई रुपैयाँ टिकट रहँदा नवजीवनमा १० रुपैयाँ थियो । ईमरजेन्सीको १५ रुपैयाँ थियो । दिनमा आठ दश जना विरामी आउँथे । सामान्य किसिमको अप्रेसन पनि हुदैंन थियो ।
त्यतिबेला उनलाई उत्कृष्ट काम गरेको भन्दै सरकारबाट पनि सम्मानित भएका थिए ।

नवजीवन अस्पतालले कुनै समय एक्लो निजि अस्पतालका रुपमा सेवा दिईरहेको थियो । अहिले आएर भने धनगढी मेडिकल हबका रुपमा विकास भएको छ। नयाँ – नयाँ अस्पतालहरु, विशेषज्ञ सेवाहरु र अत्याधुनिक उपचार पद्धतिहरु धनगढीमा बढिरहेका छन् । यसको श्रय डाक्टर निरज अर्याललाई नै जान्छ । बिगतमा सामान्य उपचारका लागि पनि भारत जाने प्रवृति रोकिएकोमा मात्रै छैन की भारतबाट धनगढी उपचार गर्नको लागि आउने गरेका छन्।

हाल डा. निरज अर्याल सुदुरपश्चिम प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशकको रुपमा समेत कार्यरत रहेका छन्।

पेशागत समावेश समुहबाट सुरक्षित पेशा, खुसी चिकित्सक डा. सन्तोष पौडेलको प्यानल सहित कुन पदमा कुन चिकित्सक लड्दैछन्।

Peesagat doctor

 

Tags: #Nepal medical associationCorona Virus #Covid19Dr.niraj aryalFarwestrn-nepalNabjevan hospital dhangadhi
Nisarga hospital Dhangadhi
Previous Post

पोलियो बिरुद्धको खोप अब १४ हप्तामा लगाइने #FIPV

Next Post

चिकित्सा आयोगमा एमडी एमएसको भर्नामा खुल्ला तर्फ विद्यार्थीहरु मर्कामा #MedicalEducationCommission

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

11 hours ago
783
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

16 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

16 hours ago
789
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

17 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

21 hours ago
910
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

1 day ago
794
Next Post
Doctor

चिकित्सा आयोगमा एमडी एमएसको भर्नामा खुल्ला तर्फ विद्यार्थीहरु मर्कामा #MedicalEducationCommission

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

     

    Loading Comments...