कैलाली ०८, बैशाख २०७७नेपालमा कोरोनाको सबै भन्दा बढी जोखिम मानिएको सुदुरपश्चिममा कोरोना संक्रमणको परिक्षण तिब्र पारिएको छ । उता पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक साता यता संंक्रमितको संख्या स्थिर रहको छ ।सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको थ्रोट स्वाव मध्ये आइतबार सम्म पीसीआर र र्यापिड टेस्ट विधीमार्फत ८ हजार ८५ जनाको परीक्षण गरिएको छ । ७२ जनाको रिपोर्ट भने आउन बाँकी छ ।प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आइतबारसम्म पीसीआर प्रविधिबाट २ हजार ५ सय ६ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जना बाहेक अरु दुई हजार ५ सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।यस्तै आइतबारसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ९२ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।अहिले प्रदेशका विभिन्न अस्पतालमा ११ जनालाई आईसोलेसमा राखिएको छ । जसमा चार जना कोरोना संक्रमित छन भने बाँकी ७ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ । यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार तीन सय ४६ जनालाई राखिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा...
सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डा. धामीलाई डीन पदमा नियुक्त गरेको हो। बझाङको छबिसपाथिभेरा...
औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीहरूको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायतका सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्रिय...
नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...