आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

वातावरण प्रदुषण उस्तै, साबधान हुन चिकित्सकको आग्रह #Enviromentalpollution

Nam Raj Bhatta by Nam Raj Bhatta
March 29, 2021
in News, Research & Study
A A
1
बायु प्रदूषणले रुघाखोकी र स्वासप्रस्वासको संख्या बढ्यो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १६ चैत्र २०७७

केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा मनपर्दी हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।

उनीहरूले वातावरण प्रदूषण बढ्दै गएको भन्दै सचेत र सजग रहन सर्वसाधरणलाई आग्रह गरेका छन् । केही दिनयता धुलोधुवाँका कण वातावरणमा अत्यधिक बढेपछि प्रदूषण दर उच्च भएको हो । वातावरण प्रदूषण बढ्दै जाँदा यसले अल्पकालीन र दीर्घकालीन जोखिम निम्त्याउने चिकित्सक बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ सहप्राध्यापक डा. निरज बमले धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरहको समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आएको बताए ।

दीर्घकालीन असर
– हृदयघात र पक्षघात बढाउने जोखिम
– फोक्सोमा क्यान्सर
– रक्तचाप बढ्ने
– मुटुसम्बन्धी समस्या

सामान्य असर
– आँखा पोल्ने
– छाती घ्यारघ्यार हुने
– श्वासप्रश्वासमा अफ्ठेरो
– एलर्जी हुने
– रुघाखोकी

डा. बमका अनुसार यस्तो अवस्थामा १० पीपीएमभन्दा साना धुलोका कण र २.५ पीपीएम (पार्टिकुलेट म्याटर) भन्दा साना ग्याँसका कण श्वासनलीमा प्रवेश गर्छन् र फोक्सोको श्वासनलीका भित्तामा क्रियाप्रतिक्रिया उत्पन्न गराएर श्वासनलीको भित्री भागमा समस्या गर्छ, जसका कारण सो भाग सुन्निन सक्छ । यसैगरी, नाकको प्वालदेखि तलसम्म र फोक्सोका श्वासनलीमा एलर्जी गराएर रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, सास फेर्नसमेत समस्या देखिने र आँखा पोल्ने, छाला चिलाउनेजस्ता गम्भीर समस्या देखापर्न सक्ने डा. बमले बताए ।

डा. बमले ग्याँस पदार्थ १० पीपीएमभन्दा साना आर्सनिक, सिल्कालगायत बालुवाका कणहरू सबैमाथि जाने र २.५ पीपीएमभन्दा साना ग्याँसका कार्वनमोनोक्साइड, कार्बन, साइनाइट, सल्फरडाइअक्साइड, नाइट्रोअक्साइड कण फोक्सोबाट रगतका नसासम्म नै पुग्ने बताए । ‘जसका कारण धमनीलाई साघुँरो गराइदिएर रक्तचाप बढ्न सक्छ । वातावरण प्रदूषणले हृदयघात र पक्षघात १४ गुणा बढाउने जोखिम बढ्न सक्छ ।

धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरह हुनुपर्ने अवस्थाको सिर्जना भएको छ।

Dr. Niraj bam
dr. Niraj bam

– डा. निरज बम वरिष्ठ छाती रोग विशेषज्ञ

यस्तै, प्रदूषणका कारण दीर्घकालीन फोक्सोका क्यान्सर हुने सम्भावना रहन्छ,’ उनले भने । फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेले वातावरण प्रदूषणका कारण रोगको जोखिम बढी हुने बताइन् । प्रदूषणका कारण व्यक्तिको आयु पनि घट्ने भन्दै प्रदूषण बढ्दै गए दीर्घरोग (दम, मुटु)को समस्या पनि देखिने उनले जनाइन् । हाल विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २५ गुणा माथिसम्म प्रदूषण बढेको पाइएको छ । वातावरणमा वाष्पीकरण एकदमै घटेको छ ।

यसैबीच, वातावरण प्रदूषण बढ्दै गएपछि चिकित्सकले सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए । चिकित्सकले कोठाको वातावरण सफा राख्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । काठमाडौंलगायत देशका अन्य ठूला सहरमा मुख्य रूपमा सवारीसाधनबाट निस्कने धुवाँका कारण प्रदूषण बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न‘पर्नेमा त्यस्तो हुन सकेको छैन ।

विद्युतीय सवारीसाधनको प्रयोग गर्नेतर्फ सरकारको ध्यान अझै जान सकेको छैन । प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको विभिन्न अध्ययनले समेत देखाएका छन् ।
(राजधानी दैनिकबाट)

Tags: #Dr.Niraj Bam#Health and population ministryCorona Virus #Covid19Dr.Rakchya pandeyDr.samir Kumar AdhikariEnvironmental pollution
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

धनुषामा नेपाल औषधि थोक व्यवसायी संघको शाखा शुरु ,अध्यक्षमा अग्रवाल

Next Post

स्वास्थ्य बीमा कार्यक्रम अब ७७ ओटै जिल्लामा #Healthinsurence

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

5 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

10 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
स्वास्थ्य बीमा कार्यक्रम अब ७७ ओटै जिल्लामा #healthinsurence

स्वास्थ्य बीमा कार्यक्रम अब ७७ ओटै जिल्लामा #Healthinsurence

Comments 1

  1. Pingback: जोखिम भत्तामा देखिएको विभेद अन्त्य गर्न मेलानको ध्यानाकर्षण #MELAN • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...