Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वातावरण प्रदुषण उस्तै, साबधान हुन चिकित्सकको आग्रह #Enviromentalpollution

Nam Raj Bhatta by Nam Raj Bhatta
March 29, 2021
in News, Research & Study
Reading Time: 1 min read
A A
1
बायु प्रदूषणले रुघाखोकी र स्वासप्रस्वासको संख्या बढ्यो
612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १६ चैत्र २०७७

केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा मनपर्दी हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।

उनीहरूले वातावरण प्रदूषण बढ्दै गएको भन्दै सचेत र सजग रहन सर्वसाधरणलाई आग्रह गरेका छन् । केही दिनयता धुलोधुवाँका कण वातावरणमा अत्यधिक बढेपछि प्रदूषण दर उच्च भएको हो । वातावरण प्रदूषण बढ्दै जाँदा यसले अल्पकालीन र दीर्घकालीन जोखिम निम्त्याउने चिकित्सक बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ सहप्राध्यापक डा. निरज बमले धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरहको समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आएको बताए ।

दीर्घकालीन असर
– हृदयघात र पक्षघात बढाउने जोखिम
– फोक्सोमा क्यान्सर
– रक्तचाप बढ्ने
– मुटुसम्बन्धी समस्या

सामान्य असर
– आँखा पोल्ने
– छाती घ्यारघ्यार हुने
– श्वासप्रश्वासमा अफ्ठेरो
– एलर्जी हुने
– रुघाखोकी

डा. बमका अनुसार यस्तो अवस्थामा १० पीपीएमभन्दा साना धुलोका कण र २.५ पीपीएम (पार्टिकुलेट म्याटर) भन्दा साना ग्याँसका कण श्वासनलीमा प्रवेश गर्छन् र फोक्सोको श्वासनलीका भित्तामा क्रियाप्रतिक्रिया उत्पन्न गराएर श्वासनलीको भित्री भागमा समस्या गर्छ, जसका कारण सो भाग सुन्निन सक्छ । यसैगरी, नाकको प्वालदेखि तलसम्म र फोक्सोका श्वासनलीमा एलर्जी गराएर रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, सास फेर्नसमेत समस्या देखिने र आँखा पोल्ने, छाला चिलाउनेजस्ता गम्भीर समस्या देखापर्न सक्ने डा. बमले बताए ।

डा. बमले ग्याँस पदार्थ १० पीपीएमभन्दा साना आर्सनिक, सिल्कालगायत बालुवाका कणहरू सबैमाथि जाने र २.५ पीपीएमभन्दा साना ग्याँसका कार्वनमोनोक्साइड, कार्बन, साइनाइट, सल्फरडाइअक्साइड, नाइट्रोअक्साइड कण फोक्सोबाट रगतका नसासम्म नै पुग्ने बताए । ‘जसका कारण धमनीलाई साघुँरो गराइदिएर रक्तचाप बढ्न सक्छ । वातावरण प्रदूषणले हृदयघात र पक्षघात १४ गुणा बढाउने जोखिम बढ्न सक्छ ।

धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरह हुनुपर्ने अवस्थाको सिर्जना भएको छ।

Dr.Niraj Bam
Dr.Niraj Bam

– डा. निरज बम वरिष्ठ छाती रोग विशेषज्ञ

यस्तै, प्रदूषणका कारण दीर्घकालीन फोक्सोका क्यान्सर हुने सम्भावना रहन्छ,’ उनले भने । फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेले वातावरण प्रदूषणका कारण रोगको जोखिम बढी हुने बताइन् । प्रदूषणका कारण व्यक्तिको आयु पनि घट्ने भन्दै प्रदूषण बढ्दै गए दीर्घरोग (दम, मुटु)को समस्या पनि देखिने उनले जनाइन् । हाल विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २५ गुणा माथिसम्म प्रदूषण बढेको पाइएको छ । वातावरणमा वाष्पीकरण एकदमै घटेको छ ।

यसैबीच, वातावरण प्रदूषण बढ्दै गएपछि चिकित्सकले सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए । चिकित्सकले कोठाको वातावरण सफा राख्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । काठमाडौंलगायत देशका अन्य ठूला सहरमा मुख्य रूपमा सवारीसाधनबाट निस्कने धुवाँका कारण प्रदूषण बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न‘पर्नेमा त्यस्तो हुन सकेको छैन ।

विद्युतीय सवारीसाधनको प्रयोग गर्नेतर्फ सरकारको ध्यान अझै जान सकेको छैन । प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको विभिन्न अध्ययनले समेत देखाएका छन् ।
(राजधानी दैनिकबाट)

Tags: #Dr.Niraj Bam#Health and population ministryCorona Virus #Covid19Dr.Rakchya pandeyDr.samir Kumar AdhikariEnvironmental pollution
SummarizeShare256ScanTweet148

Related articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

by Nam Raj Bhatta
August 18, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त भएका छन्। जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीमा  विशेषज्ञ पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुका...

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    842 shares
    Share 337 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    700 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    684 shares
    Share 295 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.