काठमाडौं, २ पुस २०७९
नेपालमा पहिलोपटक नाक, कान तथा घाँटीको इमर्जेन्सी सम्बन्धि पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकका लेखक त्रिवि शिक्षण अस्पताल नाक, कान तथा घाँटी विभाग महाराजगन्जका प्राध्यापक डा. नरमाया थापा र डा. प्रशान्त त्रिपाठी हुन।
शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा द्वारा लोकार्पण गरिएको हो।
प्रमुख अतिथी डा. बास्कोटाले अंग्रेजी भाषामा आएको नाक, कान तथा घाँटी इमर्जेन्सी पुस्तकले बिद्यार्थीहरुको पठनपाठनमा सघाउने कुरा बताउनुभएको छ। कार्यक्रमम उनले यो पुस्तकले महत्वपूर्ण उपलब्धि भएको भन्दैं लेखकलाई धन्यवाद समेत दिनुभयो।
कार्यक्रममा त्रि.वि. महाराजगञ्ज चिकित्सा क्याम्पस इमरजेन्सी विभागका प्रमुख प्रा.डा. योगेन्द्र शाक्यले आकस्मिक उपचारमा उक्त पुस्तक सहयोगी हुने जानकारी गराउनुभयो।
यो पुस्तक आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी हरुलाई उपचारमा सहयोगी हुने लेखक डा. प्रशान्त त्रिपाठीले बताउनुभयो।
लेखक डा. त्रिपाठीले यस पुस्तकले मेडिकल अफिसर, बालरोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ समेतलाई पनि सहयोग हुने बताए। कार्यक्रममा ५० जना चिकित्सकहरु लगायत अन्यको उपस्थिति रहेको थियो।