समाजसेवी चिकित्सक तथा सामाजिक अभियन्ता डा. मनोर दिन सैयदले पबित्र महिना रमदान पस्चात मनाइने ईदको पावन अबसरमा सम्पूर्ण मानब जातिमा सुस्वास्थ्य , समृद्धि, मेलमिलाप,अमन चयन र बिश्व शान्तिको कामना सहित सुभकामना ब्यक्त गर्नु भएको छ । कोरोना दोश्रो लहर पहिलो भन्दा निकै हानिकारक देखिएको वर्तमान अबस्थामा कोरोनाबाट बच्नको लागि भौतिक दुरी कायम र मास्कको प्रयोग नै उत्तम उपाय भएकोले सम्पूर्णलाई सोहि अनुसार घरमै रही लकडाउनको पालना गर्न साथै घरमै ईदको प्रार्थना (नमाज ) सम्पन्न डा. सैयदले आव्हान गर्नुभयो।
लकडाउनले गर्दा आर्थिक अभाव झेलेका सर्बसाधारण जनताहरुको सेवामा रमदान महिनाभर निरन्तर खटिएका डा. सैयदले आफ्नो व्यक्तिगत साथै विभिन्न निकायहरुसंग समन्वय गरि १२०० परिवारलाइ पुग्ने राहत वितरण समेत गर्नु भयो। यो महिनामा दान निकाली न्यून आय भएका तथा अनाथहरुलाई पुन्यको काम , धार्मिक पठनपाठन र आफुलाई सुद्धिकरण गर्नुको साथै शान्तिको प्रार्थना गरिन्छ ।
कोरोना बाट बच्ने उपायहरु :
- सचेत रहने तर तनाव नलिने ।
- लकडाउनको नियम पालना गर्ने ।
- सामाजिक दुरी कायम राख्ने ।
- मास्कको उचित प्रयोग ।
- स्यानीटाइजर प्रयोग।
- साबुन पानीले हात मिची मिची धुने ।
- सम्भावित व्यक्ति या कोरोना सम्पर्कमा भएकाहरु क्वारेनटाइनमा बस्ने ।
- कोरोना प्रमाणित भएकाहरु सरकारले तोकेको ठाउँमा आइसोलेसनमा रहने ।
- छरछिमेकमा समस्यामा परेका हरुलाई खाद्यान्न सहितको सहयोग गर्ने तर राहत लिन जादा समेत दुरी कायम गर्ने,
- आफ्नो चिकित्सक, अस्पताल, एम्बुलेन्स,शब बहान र वडा कार्यालयको सम्पर्क नम्बर राख्ने र सरकारले गरेका कोरोना रोकथामका उपायहरुलाई सबैले मनन गरि सहयोग गर्ने ।
अन्तमा: ईद मुबारक ।