काठमाडौं, ०९ कात्तिक २०८२
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा कार्यभार सम्हाल्दै पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइतेलगायतका व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने घोषणा गरेकी छन्।
मन्त्री डा. शर्माले पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।
डा. शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. शर्मालाई मन्त्री नियुक्त गरेका हुन्। डा. शर्मा यसअघि स्वास्थ्य मन्त्रालयकी सचिव थिइन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरी सचिवसम्मको यात्रामा महिलाको स्वास्थ्य र सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी छन्।
नेपाल चिकित्सक संघकी पहिलो महिला अध्यक्ष रहेकी डा. शर्मा २०६२/०६३ को जनआन्दोलनमा पनि सक्रिय थिइन्। उनले राजनीतिक हस्तक्षेपको विरोध गर्दै सचिव पदबाट राजीनामा दिएकी थिइन्, जसको विवरण उनले आफ्नो पुस्तक ‘सिंहदरबारको घुम्ने मेच’ मा प्रस्तुत गरेकी छिन्।













