काठमाडौं, २४ चैत्र २०७७
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत भएका छन् ।
४४ औं प्रतिष्ठान सभाले २०७७ का लागि ११ विधामा १७ व्यक्ति एवं संस्थालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेकोमा प्रविधि पुरस्कार पुनलाई दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
विश्वमा देखिएका नयाँ पुराना सरुवा रोगको उपचार, अनुसन्धान तथा लेखरचना प्रकाशनमा दख्खल राख्ने डा. पुनले नास्टले पुरस्कृत गरेकोमा खुसी व्याक्त गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘शुरुमा सुन्दा त केहि समय विश्वास गर्न गाहे भयो, तर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान –(नास्ट)ले प्रविधि पुरस्कार’ जस्तो उच्च तथा प्रख्यात (प्रतिष्ठित) राष्ट्रिय अवार्डद्वारा सम्मान गर्ने निधो गरिएको छ, म अत्यान्त हर्षित भएको छु’।