काठमाडौं, १६ मंसिर २०८१
राष्ट्रपति शीतल निवासमा जर्मनीका लागि नवनियुक्त राजदूत डा. शैल रुपाखेती सहित विभिन्न चार देशका नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोजित एक समारोहका बीच नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।
संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी , संघीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएका थिए । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराएका हुन् ।
उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।