काठमाडौं, १५ साउन २०८१
सरकारले युवा चिकित्सक डा. शैल रुपाखेतीलाई जर्मनीको लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न १९ देशका राजदूत सिफारिस गर्दा डा. रुपाखेतीलाई जर्मनीका लागि सिफारिस गरेको हो ।
यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डा. रुपाखेती क्याविनेट चिकित्सक थिए । डा. रुपाखेती नेपालका शल्य चिकित्सकहरुको छाता संस्था सोसाइटी अफ सर्जन्स नेपालको महासचिवको रुपमा कार्यरत रहेका छन् ।
अन्य देशका राजदूतहरुमा भारत– शंकर शर्मा, अमेरिका– लोकदर्शन रेग्मी, चीन– कृष्णप्रसाद ओली, बेलायत– चन्द्रप्रसाद घिमिरे, साउदी अरब– नरेशविक्रम ढकाल, इजरायल– धनप्रसाद पण्डित, दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ, दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे, पोर्चुगल– प्रकाशमणि पौडेल र पाकिस्तान– रिता धिताल रहेका छन् ।
यस्तैगरी अस्ट्रेलिया– कान्ता रिजाल, स्पेन – सनिल नेपाल र मलेसिया – नेत्रप्रसाद तिमिल्सिना राजदूतमा सिफारिस भएका छन्।