काठमाडौं, २० कात्तिक २०८२
पाटन उच्च अदालतले नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीविरुद्ध दायर अदालतको मानहानी (अवहेलना) मुद्दामा दाबी नपुग्ने ठहर गरेको छ।
अदालतले अघि वेबसाइट सार्वजनिक भएको “दाबी पुग्ने” भन्ने अंशलाई सच्याउँदै अन्ततः दाबी नपुग्ने निर्णय गरेको हो।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताद्वय जय प्रसाद पौडेल र सुबिन पाण्डेले तिवारीविरुद्ध मुद्दा दायर गरेका थिए। मञ्चले तिवारीले उपभोक्ता अदालतको फैसला नबुझी गलत व्याख्या गरेको, अदालतको मानमर्दन हुने गरी प्रेस नोट जारी गरेको र विरोध प्रदर्शनका लागि उत्प्रेरित गरेको आरोप लगाएको थियो।
अदालतले सम्पूर्ण कागजात र निवेदनको अध्ययनपछि अवहेलनाको अभियोग पुष्टि नहुने ठहर गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो।
उपभोक्त हित सरक्षण मञ्चले फैसला ठुलो कुरा भएन, यो मुद्दाबाट सबैको सिमा हुन्छ सिमाबिहिन कोहि हुदैन भन्ने सन्देश जाने बिश्वास लिएका बताए। अदालतमा वरिष्ठ अधिवक्ताद्वय ज्योती बानिया, विष्णु प्रसाद तिमिल्सिना र अधिवक्ताद्वय आकृति त्रिपाठी र जय प्रसाद पौडेलले बहस गर्नुभएको थियो।













