काठमाडौं, ९ मंसिर २०८१
राष्ट्रिय योजना आयोगका सदस्य वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छालाई एशिया क्षेत्रको उत्कृष्ट बालरोग विशेषज्ञ अवार्ड २०२४ प्रदान गरिएको छ ।
फिलिपिन्सको सेबुमा शनिबार आयोजना गरिएको बालरोग विशेषज्ञहरुको १८ औं एशिया प्यासिफिक महासभामा स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक समेत रहेका डा. बिच्छालाई एशिया क्षेत्रको उत्कृष्ट बालरोग विशेषज्ञ अवार्ड (आउट स्टैन्डिङ एशियन पेडियाट्रिसियन अवार्ड) प्रदान गरिएको हो ।
डा. बिच्छाले बालरोगका क्षेत्रमा राष्टिय र अन्तर्राष्ट्रिय रुपमा समेत उल्लेखनिय भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
बाल स्वास्थ्य महासाखाको निर्देशक भएका बेला डा. बिच्छाकै पहलमा नेपालमा खोप सम्बन्धी छुट्टै कानून बनेको थियो । यसका साथै वालमृत्यु दर न्युनिकरणमा डा. बिच्छाको ठूलो योगदान रहेको छ ।