काठमाडौं, २० पुष २०८१
वरिष्ठ वैज्ञानिक डा. रमेश आचार्यले स्पेनका प्रधानमन्त्री पेड्रोस सेन्ज (Pedro shenchez) सङ्ग भेटवार्ता गरेका छन् । डा. आचार्यले भेटवार्तामा स्पेनका प्रधानमन्त्रीलाई नेपालको माउन्ट एभरेष्ट लगायतका हिमालहरुको भ्रमण गर्न आग्रह गरेका छन् ।
पुष १६ गते देखि १८ गतेसम्म जारी सम्मेलनमा विश्वका ७० भन्दा बढी मुलुकहरूका ३ सय जना भन्दा बढीको सहभागितामा प्रधानमन्त्री, पार्टी प्रमुख मेयर वैज्ञानिक प्रोफेसर विज्ञ लगायत विशिष्ट प्रतिनिधिहरूको उपस्थितिमा रहेकोे थियो।
यस सम्मेलनमा द इम्प्याक्ट अफ फ्युचर क्लाइमेट चेन्ज डिजास्टर म्यानेजमेन्ट र फ्युचर रिस्क भाइरसको सम्मेलनमा डा. आचार्यले नेपालमा अवस्थित संसारकै सबैभन्दा अग्ला हिमालहरूमध्ये माउन्ट एभरेस्ट, अन्नपूर्ण, माछापुछ्रे र निलगिरी लगायत हिमालहरूको अवस्थाको चित्रणमा कार्बन उत्सर्जनले पारेको प्रभावले हिमालहरू पग्लिदै काला पहाडमा रुपान्तरण हुँदै गएकोले हिमालहरु वर्षेनी फुट्दै गएको भीषण बाढी मानवीय क्षति र संरचनाको तहसनहस पहिरोले गाउँ बस्ती सडक बगाउने दिनप्रतिदिन वनस्पति र वन्यजन्तुको ठूलो उथलपुथलका कारण उनीहरुको अस्तित्व नै लोप हुँदै गइरहेको कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका गरेको विश्वकै हरियाली मुलुक नेपाल आफै धरापमा पर्दै गएकोले सो मैपानामा नेपाललाई क्षतिपूर्तिको व्यवस्था गर्न विश्वका विशिष्ट प्रतिनिधिहरू समक्ष आफ्नो कुरा राखेको डा. आचार्यले बताए।
त्यसैगरी पेरिसका मेयर आने हिरा लघुसँग काठमाडौँ महानगरपालिकासँग भगिने सम्बन्ध स्थापना गरी फोहोर व्यवस्थापनका लागि पेरिस मोडेलको लागि आग्रह गरे। स्पेनको प्रधानमन्त्री पेड्रोसन्सलाई हिमाल भ्रमणको लागि डा. आचार्यले निम्ता समेत गरेका छन् ।
विश्व वातावरणको प्रभावले विश्वमै दिन प्रतिदिन देखापरेको नयाँ नयाँ भाइरसहरूको रोकथामका लागि नेपालजस्तो मुलुकलाई सुविधा सम्पन्न विश्वस्तरीय मोलिकुलर ल्याब र फोहोर व्यवस्थापनमा सहयोग गर्न डा. आचार्यले अनुरोध गरे ।
यसैगरी सोसलिस्ट इन्टरनेसनलका भाइस प्रेसिडेन्ट खगेन्द्र जिसीले नेपाललाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।