नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
सुदुरपश्चिम प्रदेशमा लामो समयदेखि रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका डा. मिश्रसँग उत्कृष्ट पेसागत अनुभव र सुदृढ राजनीतिक प्रतिबद्धता रहेको छ।
डा. मिश्रका प्रमुख एजेन्डा र प्रतिबद्धताहरू:
सुलभ र गुणस्तरीय स्वास्थ्य: हरेक विपन्न तथा पहुँचविहीन नागरिकसम्म सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन नीतिगत सुधार गर्ने।
पेसाकर्मीको आवाज: बुद्धिजीवी, चिकित्सक, इन्जिनियर लगायत सम्पूर्ण पेसागत समूहका आवाजलाई पार्टीको मूलधारमा जोड्ने।
नीतिगत सुधार: पार्टी र सरकारलाई स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि ठोस योजना र दबाब दिने।
डा. मिश्रले राजनीति नै सबै नीतिको मूल नीति हो र स्वास्थ्य, सामाजिक नीतिको पुनसर्चना राजनीतिक तहबाटै सम्भव रहेको बताउनु भयो।
लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र पार्टीलाई आधुनिक तथा सुदृढ बनाएर आफुलाई अमुल्य मत दिएर बिजय गराउन डा. मिश्रले अपिल गरेको छ।








