काठमाडौं, २३ जेठ २०८१
आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाको महानिर्देशकमा डा. प्रदिप केसी नियुक्त भएका छ्न ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले खालि रहेकाे विभाकाे महानिर्देशकमा डा. केसीलाई नियुक्ति गरेका हुन्।
यस अघि डा. केसी सिंहदरवार वैद्यखानाको निर्देशकमा थिए। तत्कालिन महानिर्देशक डा. वासुदेव उपाध्याय लुम्विनी प्रदेश सचिवमा नियुक्त भएपछी उक्त सिट खाली रहेकाे थियाे ।
बुधवार मन्त्रि स्तरिय निर्णय गरि डा. केसीलाई जिम्मेवारी दिइएकाे हाे।