✍️ डा.निरन्जन कोइराला , गण्डकी प्रदेश
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका (NPHL) अनुसन्धानकर्मीले अमेरिकाको प्रथिस्टित जर्नलमा गरेको प्रकाशनलाई लिएर नेपाली बैज्ञानिक समाजमा ध्रुविकरण देखिएको पाइयो ! राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा सरुवा रोग विभाग र ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशिष्ट श्रेणीका कर्मचारी र केहि विदेशी अनुसन्धानकर्ताले तयार गरेको नेपालका पहिलो कोरोना संक्रमितमा पाइएको सार्स–कोभ–२ भाइरसको जिनेटिक सिक्वेन्सिङ अनुसन्धान रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नलमा फागुन २९ गते प्रकाशित गरिएको थियो। नेपालको पहिलो कोरोना संक्रमित व्यक्तिको कोरोना परिक्षण गर्न तेस बखतको एक मात्र आधिकारिक ल्याब NPHL ले नमुना आफु संग ऐले जस्तो RDT र PCR किट नभएकाले Hongkong पठाएको थियो ! कोरोना positive भेटिए पछि तेही RNA को जिनेटिक सिक्वेन्सिङ पनि गरिएको देखिन्छ जुनले थप कोरोना संक्रमणलाई पुस्टि गरेको थियो र तेस data लाई सिधै ल्याबबाट जर्नलमा submit गरियो र publish पनि भयो ! यो काम नेपाल सरकारको NHRC ले पछि थाहा पायो र आधिकारिक निकाए संग अनुमति नालियिकन नमुना अनुसन्धानको लागि विदेश पठाएकोमा आपत्ति जनाएको देखिन्छ ! जुन कुरा राष्ट्रिय समाचार पत्रमा राम्रै स्थान पाए !
मेरो विचारमा कोरोनाको सुरुवाती दिन देखि नै जे जस्ता घटना क्रमहरु बिश्वो भर मै देखिएका छन् तेसलाई हेर्ने हो भने यो विपदको घडीमा यो कामलाई अतिरन्जित गरि रहनु आवश्यक देखिदैन ! कुनै पनि मेडिकल अनुसन्धानको उदेश्य भनेको रोग पत्ता लगाई तेसलाई रोग मुक्त गर्नु नै हो ! NPHL ले नेपाल मै रोग पत्ता लगाउन नसकिने र NHRC ले भने जस्तो स्वीकृति लिन अलि समय लाग्ने हुनाले आफ्नो तजबिज प्रयोग गरि विदेश मै रोग लागेको पत्ता लगाएको हो ! यो काम हुन अलिकति पनि ढिलाई भएको भए संक्रमण तेही बेलानै अनियेंत्रित हुन सक्दथ्यो ! यो नतिजालाई एस्तो pandemic को घडीमा बिश्वोलाई नै जानकारी दिनु पर्छ भन्ने नबिन सोचले data लाई जर्नलमा प्रकाशन गरिएको हुन पर्दछ ! याद राख्नु पर्ने कुरा के छ भने अन्य स्थानका भन्दा नेपालमा भेटिएको भाइरस कति फरक हो भनेर पत्ता लगाउनका लागि जिनेटिक सिक्वेन्सिङ गरिन्छ र गरिएको हो, औषधि बनाउनका लागि पनि जिनेटिक सिक्वेन्सिङ गर्न आवश्यक हुन्छ।
विपदको घडीमा मानब जिबनलाई फाइदा हुने कुनै पनि मानबिये काम अनैतिक हुन कदापी सक्दैन चाहे नियेत जे सुकै होस् ! हामी ऐले संकटको घडीमा छौ र कोरोनाको बिरुद्ध प्रयोग गर्न सकिने vaccine को प्रतिक्ष्यामा छौ ! हामी सबैले नजिकबाट बिश्वो अनुशन्धानलाई नियालेको हुन पर्दछ ! बिश्वोका ठुला ठुला नीतिगत इथिकल अनुशन्धान गर्ने देशहरु पनि यो समएमा केहि कुरामा इथिकल कुराहरुलाई आखा चिम्लिएको देखिन्छ ! जबकि नियमित इथिकल अनुसन्धान हेर्ने हो भने पहिला प्री-क्लिनिकल परीक्षणहरू गर्नुपर्ने हुन्छ र क्लिनिकल परीक्षणहरूको विभिन्न चरणहरूमा अगाडि सर्नुपर्ने हुन्छ तर ऐले हामी सुन्न सक्छौ ठुला महाशक्ति राष्ट्रहरु प्री-क्लिनिकल phase लाई कटौती गर्दै सिधै मानबमा क्लिनिकल परीक्षणहरू गरि रहेका छन् ! Molecule repurposing गर्दा येस्ता कुराहरुलाई स्किप गर्न सकिन्छ भने, NPHL ले केहि बिराएको छैन भन्ने मेरो विचार हो !
समयेमै उपचार नभएमा अकाल मै ज्यान समेत जान सक्ने जस्तो संबेदनशिल बिसयेलाई रडाको मच्चाउनुको कुनै तुक रहदैन !
Stay@Home
Dr. Niranjan Koirala, Nepal born researcher earned his Ph.D. from South Korea and double Postdoctoral fellowships from UNAM, Mexico and UM, Macau SAR, China. His research interest is in the field of pharmaceutical engineering, pharmaceutical/medicinal chemistry, #natural products drugs discovery, #functional foods, diabetes, #metabolic disorders and biofuels.
Very good statement congratulations Dr Niranjan.