काठमाडौंमा ७ वर्षका बालक सहित अन्य जिल्लाका ८ गरि सन्क्रमितको संख्या २६७ पुग्यो #Covid19

काठमाडौं २, जेठ

नेपालमा कोरोना सन्क्रमितको संख्या २६७ पुगेको छ। थप ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।

डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा काठमाडौं, बिरगंज  ,उदयपुर र दाङको तुलसीपुरमा गरि थप ९ जनामा कोरोना संक्रमण भएको बताए ।उनिहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ,बिपि कोइराला बिज्ञान प्रतिष्ठान धरान र भेरिएसन अस्पताल नेपालगन्जमा भएको थियो।

काठमाडौंको सतुङ्गलमा ७ वर्षको बालक , पर्सा बिरगंज निवासी ९ र १० वर्षको बालक , २३ र ४७ वर्षकि महिला रहेका छ्न । त्यस्तै गरि उदयपुरको त्रियुगा नगरपालिका २५ वर्षको पुरुष लगायत दाङको तुलसीपुरमा २३, ३६ र ६४ वर्षका पुरुषहरु रहेको डा.अधिकारीले बताएका छ्न।

Next Post

Discussion about this post

ADVERTISEMENT