काठमाडौं, १३ पुस २०८२
चर्चित चिकित्सक तथा समाजसेवी डा. मनोर दिन सैयदको पहलमा १२० जना विद्यार्थीहरुलाई जाडो मौषमको लागि अति उपयोगी शैक्षिक सामाग्री वितरणको लागि गृह जिल्ला स्याङ्जा जाने भएका छन ।
भीरकोट -२ स्थित डा. सैयदले प्रारम्भिक शिक्षा हासिल गरेको श्री दहथुम माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आपतकालीन राहत स्वरूप शैक्षिक सामाग्रीहरु वितरण गर्न लागीएको हो।
देशका अधिकांश बिकट भू-भागहरु पुगी नि-शुल्क स्वास्थ्य सिविर/शल्यक्रिया र राहत वितरण कार्यहरु गरि चर्चा कमाउन सफल चिकित्सक डा. सैयदले आफुले शिक्षा नै बिकासको मेरुदण्ड मानेर भबिस्यमा आफ्नो समाजसेवालाई अझै ब्यापक बिस्तार गर्ने योजना सुनाउनुभयो।
केहि महिना पहिला मात्रै डा. सैयदको पहलमा भिरकोट नगरपालिका अवस्थित सरकारी शैक्षिक संस्थाहरु श्री भाग्योदय मा.वि, श्री पब्लिक एकेडमी मा.वी. र श्री ठुली भन्ज्यांग मा.वि मा समेत शैक्षिक सहायता कार्यक्रम गरिएको थियो ।












