काठमाडौं, १८ कात्तिक २०८२
डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई सो महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिएकी हुन् ।
परिवार कल्याण महाशाखामा निर्देशक रहेका डा विवेककुमार लाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचारको अभियोग लगाउँदै विशेष अदालतमा मुद्धा दायर गरेपछि निलम्बनमा छन् । डा. उपाध्याय वीर अस्पतालमा कार्यरत थिए।













