काठमाडौं, ०८ माघ २०८२
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छ्न।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएपछि नेतृत्वविहीन बनेको बोर्डको आर्थिक, प्रशासनिक तथा नीतिगत जिम्मेवारीसहित बोर्डको नेतृत्व डा. पौडेललाई दिइएको हो।
डा. पौडेल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्।











