✍️ डा. कमल राज धिताल
छाला तथा यौन रोग बिशेषज्ञ
कोरोना भाइरसको कारणले हुने विभिन्न समस्याहरुको बारेमा सबैजना जानकार नै हुनुहुन्छ तर कोरोनाको कारणले छालामा के कस्ता समस्या आउन सक्छ वा संक्रमणको अवस्थामा छालामा कस्ता लक्षणहरु देखिन्छन भन्ने कुरा पछिल्लो समयमा अनुसन्धानको बिषय बनेको छ ।
चाइनामा यो सुरु हुदा छालामा नगन्य रुपमा लक्षण देखिएको थियो । १ प्रतिशत भन्दा कम मानिसमा छालामा समस्या देखिएको थियो। तर हालसालै इटाली तथा स्पेनमा भएको अध्ययनमा भने करिब २०% मानिसको छालामा समस्या देखिएको छ । विभिन्न देशहरुमा छालामा कोरोना भाइरसको संक्रमणले हुन् सक्ने समस्याहरुको बारेमा लेखहरु प्रस्तुत भइराखेका छन् ।
हाल सम्मको अध्ययन अनुसार छालामा मुख्यतया ५ प्रकारका लक्षण हरु देखिएका छन्:
१) खुटा र हातको टुप्पाहरुमा आउने घाउहरु ( pseudo- chillblain)
यस्तो समस्या करिब १९% बिरामीहरुलाई देखिएको छ ।चिलाउने वा दुख्ने स- साना बिबिराहरु तथा पानी फोका जस्ता घाउहरु खुटा र हातको टुप्पा हरुमा देखिएको छ ।
यस्ता घाउहरु युवा अवस्थाका बिरामीहरुलाई धेरै आएको देखिएको छ भने यस्ता घाउ आएका बिरामी चाडो निको हुने पनि देखिएको छ ।
२) छालामा डाबर आउने समस्या ( urticarial lesions)
यस्तो समस्या करिब १९% बिरामीहरुलाई देखिएको छ ।
सामान्यतय छालामा आउने रातो भुक्क फुलेको जस्तो डाबरहरु यो जिउमा धेरै देखिएको छ ।
३) पानि फोका जस्तो देखिने घाउहरु (other vesicular lesions)
यो करिब ९% बिरामीहरुलाई देखिएको छ ।
यो अवस्थामा रातो रातो पानि भरिएको जस्तो घाउहरु जिउमा देखिन्छ वा कहिलेकाहीँ हात वा खुट्टा मा पनि आउन सक्छ ।
४) अन्य घाउहरु (other maculopapular lesions)
स साना राता राता दाना जस्ता देखिने घाउ हरु यो अत्याधिक चिलाउछ र एस्तो छालाको लक्षण देखिएको हरुमा रोग पनि गम्भीर देखिएको छ ।
५ ) livedo reticularis
यो अवस्थामा छालामा नेट जस्तो रातो वा निलो प्रकारका एलर्जी जस्तो घाउ हरु देखिन्छ, यो बिसेस गरि तिघ्रा वा खुट्टा मा धेरै देखिन्छ।
Article keywords: Corona in nepal, skin manifestation of Corona, pseudo chill Blain of corona
Comments 2