कञ्चनपुर, १४ माघ २०८२
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. जगदीश जोशी नियुक्त भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले डा. जोशीलाई ११औँ तहमा बढुवा गरेपछि उक्त जिम्मेवारी प्रदान गरेको हो। डा. जोशीले कोभिड १९ महामारीका समयमा फ्रन्टलाइनमा खटिएर जिम्मेवारी निर्वाह गरेका थिए।
डा. जोशीले यसअघि स्वास्थ्य निर्देशनालयको निर्देशक र बयलपाटा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी समेत सम्हालिसकेका छन्।














