काठमाडौं, ०९ माघ २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई दिइएको छ ।
माघ ४ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी दिएकी हुन् ।
डा. दास यसअघि स्वास्थ्य मन्त्रालयमा फाजिलमा थिए । त्यसअघि दास नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए । डा. दास प्रमुख हुनुअघि नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल थिए ।
डा. कृष्ण पौडेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।












