काठमाडौं, ०४ जेठ २०८२
क्यानाडामा रहेका नेपाली क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० डाक्टरमा परेका छन्।
द एसोसियसन फर भ्यालु वेस क्यान्सर केयर नामको अमेरिकन संस्थाले २०२५ को ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर डाक्टरमा पुरस्कार विजेताका रुपमा डा. विशाल ज्ञवालीलाई समेत घोषणा गरेको हो।
विश्वभरवाट तीन हजार डाक्टरहरुले मनोनयन गरेकोमा क्यानाडाबाट मनोनयन भएका नेपाली डाक्टर विशाल ज्ञवालीलाई २०२५ को ४० वर्ष मुनिकालाई दिइने क्यान्सर अवार्डबाट पुरस्कृत गरेको हो।
डा. ज्ञवालीले क्यान्सर उपचारको क्षेत्रमा योगदानको कदर गर्दै यो अवार्डबाट सम्मान गरिएको आयोजक द एसोसियसन फर भ्यालु वेस क्यान्सर केयरले जनाएको छ।














