भक्तपुर, ०४ पुष २०८२
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त भएका छ्न।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको मन्त्रीस्तरीय निर्णयअनुसार एघारौँ तहका प्रमुख जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेललाई निर्देशकको जिम्मेवारी दिइएको हो।
नवनियुक्त निर्देशक डा. पौडेलले बुधबार ठिमीस्थित केन्द्रमा पुगेर पदवहाली गरेका छन्।
डा. पौडेलले गत २४ कात्तिकमा ११औँ तहमा आफ्नो नाम दर्ता गराइसकेका थिए। लामो समयको प्रतीक्षापछि बढुवा भएको एक महिनाभित्रै स्वास्थ्य क्षेत्रको महत्वपूर्ण निकायको जिम्मेवारी पाएका डा. पौडेल अब केन्द्रको समग्र व्यवस्थापन तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्ने छन्।
स्वास्थ्य मन्त्री डा. शर्माले गत २५ मंसिरमा मन्त्रीस्तरीय निर्णयमार्फत डा. पौडेललाई केन्द्रको निर्देशक पदमा नियुक्त गरेकी हुन्। यसै निर्णयअनुसार पहिले केन्द्रका निर्देशक डा. श्रीराम तिवारीलाई भने वीर अस्पतालमा सरुवा गरेको छ।
डा. पौडेलको नियुक्तिसँगै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा आगामी दिनमा क्षयरोग नियन्त्रण कार्यक्रम प्रभावकारी सञ्चालन र नयाँ रणनीतिहरू लागू हुने अपेक्षा गरिएको छ।







