काठमाडौं, १८ भाद्र २०७७
कोरोना भाइरसको माहामारी फैलिएको समयमा केहि युट्युब च्यानल तथा अनलाइन पत्रिकामा आयुर्बेद चिकित्सा नपढेका, परिषद्मा दर्ता नभएका तर गैह्र कानुनी रुपमा आफ्नो नामको अघिं डा. लेखेर जनमानसमा भ्रम फैलाएको नेपाल आयुर्बेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी गराउनु भयो।
बिपी तिमिल्सिना, पूर्ण शाही, बद्रि गौतम लगायतका व्यक्ति आयुर्बेद तथा प्राकृतिक चिकित्सक नरहेको र काउन्सिलमा दर्ता नभएको तथा आयुर्बेद चिकित्सालाई समेत बद्नाम गराउन उद्दत रहेको हुँदा त्यस्ता व्यक्तिको भ्रममा नपर्नुहुन अनुरोध गरेको डा. ज्ञवालीले बताए।
आयुर्बेद चिकित्सक बन्नको लागि +2 साइन्स, चिकित्सा प्रमाणपत्र तह उत्तीर्ण गरेर तथा प्रवेश परिक्षा पास गरेर साढे ५ बर्ष पढेको हुनुपर्दछ । साथै उक्त व्यक्ति नेपाल आयुर्बेद मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्दछ ।
दर्ता नभएका व्यक्तिले चिकित्सा सम्बन्धि सल्लाह दिन, उपचार गर्न तथा आफ्नो नामको अघिं डा. लेख्न नपाइने नियम भएको र त्यस्ता गतिबिधि गरेमा कारबाहीको भागिदारी हुनुपर्ने जानकारी दिएका छन्।
Comments 1