Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

संक्रमण घट्यो भन्दैमा हेलचक्र्याई गर्नु हुँदैन #Covid19

HNN Staff by HNN Staff
July 23, 2020
in News
Reading Time: 1 min read
A A
1
संक्रमण घट्यो भन्दैमा हेलचक्र्याई गर्नु हुँदैन #Covid19
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. दिनेश न्यौपाने

रोकथामका लागि परीक्षणको दायरा बढाउनुपर्छ । जति संक्रमित प्रयोगशाला परीक्षणबाट पत्ता लागेका छन्, त्यो नै जम्मा संक्रमितको संख्या हो भन्ने बलियो आधार छैन ।

नेपालमा औसत दैनिक करिब ५ हजार जनाको पीसीआर टेस्ट भएको छ । अहिलेको अवस्थामा यति संख्यामा मात्र टेस्ट गररे हामी सबै संक्रमितको पहिचान गर्न सक्ने अवस्थामा छैनौं ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा करिब १ करोड ५० लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ भने ६ लाख २० हजार भन्दा बढीले यही संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिलेसम्म न यो संक्रामक रोगविरुद्ध खोप पत्ता लगाउन सकिएको छ, न त प्रभावकारी उपचार नै पत्ता लागिसकेको छ ।

नेपालमा मात्रै करिब १८ हजार संक्रमित पत्ता लागेका छन् भने ४२ जनाले ज्यान गुमाइसकेका छन् । गैरआवासीय संघ नेपालका अनुसार नेपालबाहिर रहेका १ सय ६० जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ ।

पछिल्लो समय संक्रमितहरूको संख्या उल्लेख्य रूपमा वृद्धि नभएको तथा निको हुनेको संख्या बढ्दै गएको र मृत्यु हुनेहरूको संख्या कम देखिएकोले धेरै जनाले यसलाई गम्भीर रूपमा लिन छाडेको जस्तो देखिँदै गएको छ । यी तथ्यांकलाई आधार मानेर हेलचेक्‍य्राइँ गर्नु हुँदैन । अहिले पनि कोरोन भाइरसविरुद्धको लडाइँ पहिलेभन्दा अझ सशक्त पार्दै लैजानुपर्ने देखिन्छ ।

नेपालमा अहिले पनि ६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । यो रोग छोटो समयमै धेरै जनामा सर्ने भएकाले यो संख्यामा निमेषमा नै गुणात्मक रूपले धेरै वृद्धि हुन सक्छ । जति संक्रमित प्रयोगशाला परीक्षणबाट पत्ता लागेका छन् त्यो नै जम्मा संक्रमितको संख्या हो भन्ने बलियो आधार केही पनि छैन । अहिले नेपालमा औसतमा दैनिक करिब ५ हजार जनाको पीसीआर टेस्ट भएको छ । अहिलेको अवस्थामा यति संख्यामा मात्र टेस्ट गरेर हामी सबै संक्रमितको पहिचान गर्न सक्ने अवस्थामा छैनौं । अमेरिकामा पनि यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जम्मा पत्ता लागेका भन्दा १० गुणा बढी संक्रमित भएको भनेर अनुमान गरेको छ । हाम्रोमा पनि धेरै संक्रमित अहिले पनि पहिचान भइनसकेको अवस्थामा रहेका हुन सक्छन् ।

FB IMG 1594305987217

विश्वका अरू देशहरूको भन्दा नेपालमा मृत्यु हुनेको संख्या धेरै मात्रामा कम छ । तर यो किन भइरहेको छ भनेर बुझ्नका लागि हामीले कति मात्रामा प्रयोगशालामा परीक्षण गरेका छौं, कस्ता व्यक्तिहरूको परीक्षण गरेका छौं, कन्ट्याक्ट ट्रेसिङ कति प्रतिशतको गर्न सकेका छौं लगायतका विभिन्न आयामको सूक्ष्म विश्लेषण गर्नु जरुरी हुन्छ । अहिले नै हाम्रो खानपान, जीवन पद्धति र वैकल्पिक चिकित्सा विधिले गर्दा हाम्रोमा मृत्यु हुनेको संख्या कम भएको भनेर निष्कर्ष निकाल्नु गलत हुन्छ । बरु यस्तो किन भइरहेको छ भनेर यसलाई घनीभूत रूपमा अध्ययन र अनुसन्धान गर्नु अहिलेको आवश्यकता देखिन्छ ।

हालसम्मको अवस्था हेर्दा कोरोना भाइरसका कारण मृत्यु हुनेहरू धेरै उमेर र कुनै न कुनै दीर्घरोगले पीडित भएकाहरू नै बढी मात्रामा छन् । हाम्रो जनसंख्याको संरचनामा धेरै युवा अवस्थाका भएकाले अन्य देशहरूको तुलनामा मृत्यु हुनेको प्रतिशत कम भएको अनुमान गर्न सकिन्छ । तर यसको अर्थ यो होइन कि हाम्रोमा कोरोना भाइरसले क्षति गर्ने जोखिम समूह नै सानो छ । नेपालमा अहिले पनि करिब १६ लाखजति जनसंख्या ६५ वर्षमाथिको छ । हरेक ४ जना वयस्क व्यक्तिमध्ये एक जनालाई उच्च रक्तचाप छ भने हरेक १० जनामा १ जनालाई मधुमेह रोग छ । उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगीहरूमा कोरोना भाइरसको मृत्युदर उच्च देखिएको छ ।

जस्तो नेपालमा अहिलेसम्म पत्ता लागेका संक्रमितहरूमध्ये ९० प्रतिशतभन्दा धेरै १५ देखि ५४ वर्षसम्मका छन् । यो समूहमा मृत्युको दर अरू देशमा पनि कम नै छ । साथै धेरै संक्रमितमा अरू प्रकारका रोग छैनन् । विकसित देशहरूमा कसैको मृत्यु भएमा मृत्युको कारण चिकित्सकद्वारा प्रमाणीकरण गरेर मात्र शवको दाहसंस्कार गरिन्छ । यसले गर्दा यी देशहरूमा संक्रमित सबैको पहिचान हुन नसके पनि कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको संख्या धेरै हदसम्म पत्ता लाग्छ । हाम्रोमा अहिले पनि अधिकांश मृत्यु घरमै भएको पाइन्छ । उनीहरूको दाहसंस्कारका लागि चिकित्सकले अनिवार्य रूपले मृत्युको कारण प्रमाणीकरण गर्नुपर्दैन । यसले गर्दा पनि हाम्रोमा मृत्यु हुनेको संख्या कम देखिएको हुन सक्छ ।

साथै, विदेशमा जस्तो ज्येष्ठ नागरिकलाई हाम्रो देशमा नर्सिङ होमहरूमा खासै राख्ने गरिँदैन । यसले गर्दा पनि यो रोग विकसित देशको तुलनामा हाम्रोमा उच्च जोखिम समूहमा बिस्तारै फैलिँदै गएको पनि हुन सक्छ । तर यसै कारणले गर्दा क्षति निकै कम होला भनेर भनिहाल्नसक्ने अवस्थाचाहिँ छैन । पछिल्लो संक्रमणले धेरै प्रभावित भएका भारतलगायत अरू दक्षिण एसियाली देशहरूको जनसंख्याको संरचना पनि लगभग हाम्रो जस्तै छ । यसैले अहिले कोरोना भाइरसको रोकथामलाई सबै पक्षले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

-डा. न्यौपाने अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत छन् ।

Tags: #Health and population ministryCorona Virus #Covid19Dr.Dinesh newpane
SummarizeShare234ScanTweet147

Related articles

शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

रसुवा बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुलुककै प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट १ करोड ५१ लाख उपलब्ध गराइएको छ । मंग्लवार...

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

by Nam Raj Bhatta
August 27, 2026
0

शहीद मेमोरियल अस्पताल, कलंकीमा आजदेखि दन्त स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालमा थपिएको यस सेवामार्फत कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

by Nam Raj Bhatta
August 26, 2026
0

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष...

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    861 shares
    Share 344 Tweet 215
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    702 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग
  • बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !
  • शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.