Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्यमन्त्री बस्नेत

Nam Raj Bhatta by Nam Raj Bhatta
July 20, 2023
in News
A A
0
स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्यमन्त्री बस्नेत
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ४ साउन २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहूँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसकेको बताएका छन् ।

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई बेलायतबाट भिडियो सन्देश मार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिसत परिवारमा मोवाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहूँच पुर्याउन दत्त चित्त भएर लाग्नु पर्ने बेला आएको बताए । ५५ प्रतिसत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहूँच पुगेको तथ्यांक प्रस्तुत गर्दै सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहूँच नपुगन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने मन्त्री बस्नेतले बताए । सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृदि गर्न पनि उत्तिकै जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृदिलाई पनि साथसाथै अगाडि बढाउने मन्त्री बस्नेतले जानकारी दिए ।received 583541473721321

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणाली मार्फत हुनु पर्नेमा जोड दिदै एकद्वार प्रणाली पूर्ण रुपमा लागु भइनसेकाले मन्त्रालयका महासाखा पिच्छे फरक फरक तथ्यांक आउने समस्या रहेको बताए । सल्लाहकार खड्काले सूचना प्रविधिको प्रयोगले जनतालाई दुख दिने काम भन्दा कसरी सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सल्लाह दिए । स्वास्थ्य सेवामा सूचना प्रविधिको पहूँच बढाउन स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार नीति, नियम र निर्देशिका बनाइसकेको जानकारी दिदै खड्काले ती नीति नियमलाई परिमार्जन गरि कार्यन्वयनमा लौजानु पर्ने आवश्यकतामा जोड दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहूँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतिको सामना गर्न सकिने दावी गर्दै स्वास्थ्य मन्त्रालयले यसका विषयमा आवश्यक पहल गरिरहेकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महासाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले एक दिन मात्र नभएर बर्षै भरि डिजिटल स्वास्थ्य दिवस मनाउनु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, सूचना तथा प्रविधि मन्त्रालयका अधिकारी, प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय र क्षेत्रिय स्वास्थ्य निर्देशनालयका अधिकारीको सहभागिता रहेको छ । कार्यक्रममा विभिन्न विज्ञहरुले सूचना प्रविधि र स्वास्थ्य सेवाका बिषयमा प्रस्तुतिकरण गर्ने छन् । कार्यक्रमको अन्तमा डिजिटल हेल्थ घोषणापत्र जारी गरिने छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.bikash devkotaNational Digital Health Day
Nisarga hospital Dhangadhi
Previous Post

चितवनमा डेंगुबाट २ हजार ३ सय भन्दा बढी संक्रमित #DengueDisease

Next Post

बाजुरा अस्पतालमै हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया शुरु

Related articles

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने
News

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

2 hours ago
818
Nepal pharmacy council
News

फार्मेसी काउन्सिलको २८औं नाम दर्ता परीक्षामा २६ प्रतिशत उत्तीर्ण

6 hours ago
781
नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित
News

नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

10 hours ago
801
मंकीपक्सका लक्षण कस्ता हुन्छन्, रोकथामका लागि के गर्ने ?
News

साउदीबाट फर्किएका एक पुरुषमा एमपक्स पुष्टि

1 day ago
794
आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान
News

आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान

2 days ago
819
स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
News

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति

2 days ago
946
Next Post
बाजुरा अस्पतालमै हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया शुरु

बाजुरा अस्पतालमै हाडजोर्नी सम्बन्धी जटिल खालका शल्यक्रिया शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,087)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...