धादिङ, ११ माघ २०७८
धादिङ जिल्लाकै पहिलो पटक धादिङ अस्पतालमा पिसिआर परीक्षण सेवा शुरु भएको छ।
यही माघ ७ गते शुरु भएको पिसिआर परीक्षण सेवा हप्तामा २ दिन सेवा सञ्चालन भइरहेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा ले बताउनुभयो।
डा. झा का अनुसार पहिलो दिन ३२ जनाको आरटि पिसिआर परीक्षण गरिएकोमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ भने १९ जनामा कोरोना नेगेटिभ आएको छ।

डा. झा का अनुसार दैनिक रूपमा नमुना संकलन गर्न जनशक्तिको अभावका कारणले हप्ताको २ दिन मात्र परीक्षण भएको छ। नमुना संकलन गरेको १२ घण्टा पछि रिपोर्ट आउने गरेको छ। अहिले ३ जना ल्याव टेक्निसियन कार्यरत छन्।