काठमाडौं, १९ भाद्र २०७९
नेपाल दन्त सामग्री बितरण संघको दोस्रो साधारणसभा काठमाडौंको वानेश्वर स्थित आन्नद भूमि होटेलमा शनिबार भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटनमा नेपाल दन्त सामग्री बितरण संघका सदस्य हरि राज रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो।
नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. सुभित मास्केको प्रमुख अतिथिमा दोस्रो साधारण सभा शुरु भएको हो ।
बितरण संघका अध्यक्ष सालिक राम आर्यालले दोस्रो साधारणसभामा देशभर बाट सहभागिता जनाउन हुने पधाधिकारी, नेपाल डेन्टल एसोसिएसन र नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसनलाई धन्यवाद टक्र्याउन भयो।
उनले भने; हामीले डेन्टल, हाइजेनिष्ट र सामग्री बितरण संघ मिलेर अगाडि बढ्नुपर्छ। यस दन्त सामग्री बितरण संघमा भएको त्रुटि कमजोरीलाई समयमै समस्याको समाधान गर्न सकिने अर्यालले बताउनुभयो।
संस्थागत सम्बन्धित क्लिनिक, डाक्टर, सरकारी संस्थाका निकायहरु सँगसँगै सहकार्य गरेर निश्चित गन्तव्यमा पुगिने अर्यालले बताए।
अर्यालका अनुसार अफ्ठ्यारो बाधा परेका कामलाई सहज बनाउन एक्लैले नभएर समुह र साझेदारीमा मात्रै सहयोग हुन्छ। यस्तैगरी आउँदो पुष २२ देखि २४ गते सम्म काठमाडौंको गोदावरीमा पहिलो अन्तर्राष्ट्रिय दन्त प्रदर्शनी पनि हुने उनको भनाइ छ।
नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. सुभित मास्केले सर्वप्रथम यो दोस्रो साधारणसभामा मलाई प्रमुख अथिति को रुपमा बोलाउनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो। सभामा उपस्थित भइरहदा आफ्नै परिवार जस्तो लागेको र मैंले अध्यक्षमा निर्वाचित भए देखि लगभग एक वर्षको अन्तरालमा आइपुग्दा धेरै नै खुसी महसुस भएको डा. मास्केले बताए।
डा. मास्केले भने; भविष्यमा आउने कार्यक्रमहरुमा सँगसँगै सहकार्य र नेपाल डेन्टल एसोसिएसनले गर्न सक्ने सहयोग र साथ रहनेछ।
नेपाल डेन्टल एसोसिएसनका सचिव डा. गालब अधिकारीले नेपाल डेन्टल सप्लायर्सले विभिन्न ठाउँहरूमा होस या कार्यक्रममा ठुलो भूमिका खेलेको बताउनुभयो।
उनले भने; यस बितरण संघले सही नेतृत्व लिएर अगाडि बढ्न सरल र सहज अवश्य हुनुको साथै डेन्टल एसोसिएसनले पनि साथ दिन सकिने छ।
नेपाल डेन्टल साइन्स हाइजेनिष्टका अध्यक्ष माइकल देवकोटाले दन्त सामग्री बितरण संघले कार्यक्रम गर्दा कम्तिमा पनि उत्तरदायित्व भएर गर्नु भन्दा पनि समग्र डेन्टिष्ट र हाइजेनिष्ट लागि गर्नुपर्नेमा जोड दिनुभयो।
माइकलले भने सामग्री ल्याउँदा भन्सार छुटमा टिम बनाएर अगाडि बढौं जसले गर्दा सफल हुने र जनताहरुलाई पनि कुन तरिकाबाट सहज हुन्छ त्यस बाटोमा लाग्नुपर्ने हुन्छ।
कार्यक्रमको सञ्चालन दन्त सामग्री बितरण संघका सहकोषाध्यक्ष शिखर सुबेदिले गरेका थिए।