काठमाडौं, २३ फागुन २०७८
नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले दन्त स्वास्थ्यको धरासायी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
एसोसियसनले सरकारी छात्रवृत्तिमा अध्ययन गरी दुर्गम क्षेत्रमा २ वर्ष कार्य गर्नुपर्ने भएपनि पहुँचको आधारमा सुविधा सम्पन्न ठाउमा राखेको, डेन्टल ल्याबको कार्यविधि अहिलेसम्म नबनाएको भन्दै दन्त स्वास्थ्यका कार्यक्रम जनतालाई जनचेतना अभिवृद्धि गर्ने खालको नभइ पैसा र भत्तामुखी बनाएको आरोप लगाएको छ।
कुनै पनि वार्षीक कार्यक्रम बनाउदा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको र एक समूह प्रति मात्र उत्तरदायी भइ समग्र मुख स्वास्थ्यलाई धरासायी बनाएको नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताउनुभयो।
नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसनको प्रेस विज्ञप्ति अनुसार कृतिम दन्त शिविरको नाममा भत्ता र आर्थीक लाभ लिन आफ्ना वरिपरिका व्यक्तिलाई मात्र च्यापेको भन्दै यस्ता गतिविधि यथाशिघ्र रोक्न माग गरिएको छ।