काठमाडौं, ०६ पुष २०८२
नेपाल दन्त सामाग्री वितरकहरुको संघले भारतबाट दन्त चिकित्सासम्बन्धी मालवस्तुको अवैध आयात बन्द गर्न पत्रचार गरेको छ ।
संघले भन्सार विभागलाई यसबारे भन्सार कार्यालयलाई सतर्क रहन निर्देशन दिन पत्र लेखेको हो ।
नेपाल दन्त सामाग्री वितरक संघका सचिव निरञ्जन खतिवडा द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ उपरोक्त विषयमा भारतको न्यु दिल्लीमा मिति २०८२/०९/११ देखि २०८२/०९/१३ सम्म हुन गइरहेको डेण्टल सामाग्रीहरुको प्रदर्शनीमा नेपालबाट सो कार्यक्रममा भाग लिन जाने प्रतिनिधि तथा अन्य ब्यक्तिहरुबाट करोडौं मुल्य बराबरको अबैध रुपमा डेण्टल सम्बन्धि सामानहरु नेपाल भित्रन सक्ने सुचनाको आधारमा २०८२/०९/१३ देखि एक हप्ता सम्म भारतसंग जोडिएको सम्पुर्ण भन्सार कार्यालय तथा विशेषत त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा फर्कने व्यक्तिहरुको सामान विशेष जाँचपास गरिदिनु हुन अनुरोध गरेका छ्न।












