काठमाडौं, १९ भाद्र २०७९
मुख स्वास्थ्यकर्मीहरुको साझा संगठन नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसनको सातौं राष्ट्रिय महाधिबेशनबाट बुटवलका अमृत भुसाल अध्यक्षमा निर्वाचित भएका छन्।
भुसालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित अध्यक्ष भुसालले आधुनिक दन्त चिकित्सा आम जनताको पहुँच सम्म पुग्नेगरि गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्न नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसन प्रतिबद्ध रहेको बताए ।
“आधुनिक दन्त चिकित्सामा डेन्टल हाइजेनिस्टको अपरिहार्यता” भन्ने नाराका साथ शनिबार इटहरीमा सम्पन्न ७ औं महाधिवेशन बाट निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा केशव रिमाल, उपाध्यक्षमा शिव कुमार महतो, महासचिवमा पिताम्बर गिरी, सचिबमा उमेश महतो, कोषाध्यक्षमा दिलराम श्रेष्ठ र सह कोषाध्यक्षमा दिलिप कुमार यादव चयन हुनु भएको छ।
त्यस्तैगरी सदस्यहरुमा पंकज शाह, सुर्य बहादुर तामाङ, अमित कुमार मगर, बिशाल बम शाही, टंक विश्वकर्मा र जगन्नाथ यादव रहेका छन् । अधिवेशनमा सातै प्रदेशका प्रतिनिधी एवं पर्यवेक्षकको उपस्थिती रहेको थियो ।