बिराटनगर, २८ साउन २०८०
नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखाको अध्यक्षतामा डा. पवन मेहता निर्वाचित भएका छन्।
अध्यक्षका अर्का प्रतिस्पर्धी डा. विवेक सिंहलाई १७ मतले पछि पार्दै डा. पवन मेहता निर्वाचित भएका हुन्।
समितिको उपाध्यक्षमा डा. निमिषा दास निर्वाचित भएकी छिन्। उनकी प्रतिष्पर्धी डा. मिरा आचार्यलाई ९ मतले पराजित गरेकी हुन्।
त्यस्तैगरी महासचिवमा डा. बिबेक कुमार महतो, कोषाध्यक्षमा डा. दिवाकर कुमार शाह, सहसचिवमा डा. अभिषेक कुमार र सदस्यमा डा. जितेन्द्र मण्डल निर्विरोध चयन भएका हुन् ।
नयाँ कार्यसमितिको लागि अध्यक्ष र उपाध्यक्षको लागि निर्वाचन भएको थियो भने अन्य समिति सर्वसम्मत चयन भएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत डा. मनिष आग्रवाल रहेका थिए।
उक्त समितिले २ बर्षको कार्यकाल काम गर्न पाउने छ ।