काठमाडौं, ०७ चैत २०७८
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एसोसिएसनले देशभर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
सामाजिक सञ्जालमा नागरिक सचेतना अभियानको रूपमा कुट चिकित्सा ( Quakery) विरुद्ध Anti Quackery Video Competition का साथै कलाकार तथा चिकित्सक हरुबाट मुख स्वास्थ्य सम्बन्धी जनचेतना मुलक भिडियो सामग्री सम्प्रेषण गरिएको एसोसिएसनका अध्यक्ष डा. सुभित मास्केले जानकारी दिनुभयो।
डा. मास्केका अनुसार आपसी भ्रातृत्व विकास गर्न दन्त चिकित्साका विद्यार्थी, दन्त चिकित्सक तथा प्राज्ञहरुको समेत सहभागितामा काठमाडौंमा NDA Futsal प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।
मुख स्वास्थ्य दिवसको अवसरमा एसोसिएसनका विभिन्न १२ वटा शाखा कार्यालयहरुबाट देशव्यापी गतिविधि सञ्चालन भएको जानकारी केन्द्रिय महासचिव डा. गालव अधिकारीले दिनुभयो।
यस अवसरमा धरान, जनकपुर, चितवन तथा रुपन्देहीमा जनचेतनामुलक र्याली प्रदर्शन भयो भने हेटौंडा तथा बर्दिवासमा दन्त स्वास्थ्य सचेतना कोण सभा आयोजना गरिएको छ । बाँकेको नेपालगञ्जमा स्कुले विद्यार्थी हरु लक्षित डेन्टल quiz competition समेत संचालन गरिएको थियो।
मोरङ प्रदेश नं १ प्रहरी हेड क्वार्टर , धरान उपमहानगपालिका कार्यालय, रुपन्देहीको नेपाल अपाङ्ग आश्रम, जनकपुरको परिक्रमा, चितवन, लगायत देशका अन्य ठाउँहरुमा समेत निशुल्क दन्त परामर्श शिविर सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
डा. अधिकारीका अनुसार रुपन्देहीको नेपाल अपाङ्ग आश्रममा रहेका बिरामीहरूको सम्पूर्ण दन्त उपचार नेपाल डेन्टल एशोसिएसन, रुपन्देही शाखाले निशुल्क गर्ने घोषणा गरिएको छ भने आश्रममा खाद्यान्न समेत वितरण गरिएको छ । प्रदेश १ प्रहरी हेड क्वाटरमा प्रहरीहरु लाई लक्षित गरी दन्त स्वास्थ्य सचेतना कार्यक्रम तथा ब्रस, पेस्ट र माउथवास वितरण गरिएको छ।
सुनसरीको धरानमा एसोसिएसन तथा बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेन्टल फोटो प्रदर्शनी, इपोष्टर प्रतियोगिता, बालबालिकाहरुलाई फेस र ह्याण्ड पेन्टिङ गर्नुका साथै बृहत जनचेतना र्याली तथा परामर्श शिविर सञ्चालन गरेको छ।
त्यस्तैगरी रुपन्देहीमा रक्तदान कार्यक्रम तथा धनगढी र पोखरामा दन्त स्वास्थ्य सम्बन्धी गोष्ठी समेत सम्पन्न भएको छ।
विभिन्न डेन्टल कलेज, अस्पताल तथा क्लिनिकहरुले आजको दिनमा विभिन्न कार्यक्रम तथा निशुल्क परामर्श सेवा तथा उपचारमा समेत छूटको घोषणा गरेका थिए ।