डडेल्धुरा, १३ असोज २०७७
डडेल्धुराको नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पतालाई १० लाखको चेक हस्तान्तरण गरेको छ। गाउँपालिकाले अस्पतालमा सञ्चालन भएको पिसीआर ल्याब सञ्चलान, संकट समाधानका तथा जनशक्ति व्यवस्थापनका लागि मंगलबार अस्पताललाई चेक हस्तान्तरण गरेको हो।
सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पालमा कोरोना परीक्षण ल्याब स्थापना भइ पीसीआर परीक्षण भइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि नवदुर्गा गाउँपालिकाकले अस्पताललाई १० लाख रुपैयाँ सहायता गरेको गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले बताए।
यसअघि अमरगढी नगरपालिकाले २० लाख सहयोग गरेको थियो।